पाल्पा, चैत १२

व्यक्ति, संस्था तथा हरेक विषयवस्तु अलग, फरक र माैलिक भए सफल हुने विश्वास गर्न सकिने सकारात्मक साेंचका अभियान्ता कर्ण शाक्यले बताएका छन् ।  पर्यटन व्यवसायी समेत रहेका कर्ण शाक्यले  विकासकाे हार्डवयर राज्यले गर्नुपर्ने र जनताले सफ्टवयरकाे काम गर्नुपर्ने बताएका हुन् ।

नेपालमा धान उमार्ने किसान र धन उमार्ने महाजनहरूलाइ सम्मानकाे वातावरणा नहुँदासम्म आशा र विश्वासकाे वातावरण बन्दैन । यहाँका कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सरकारमात्र हाेइन् निजी क्षेत्र समेत लाग्नुपर्छ, शाक्यले भने, पर्यटन क्षेत्र फराकिलो क्षेत्र भएकाले यसमा पूर्णविराम लाग्न सक्दैन तर व्यवसायिक शैली र सोचमा परिवर्तन आवश्यक हुन्छ । पाल्पाकाे तानसेनमा ग्रीन फर गुड नेपालले आयोजना गरेको कार्यक्रममा लेखक शाक्यले भने ‘जिन्दगीमा समस्या खाेतल्नुपएछ जसकाे समाधान हाेस्, दिमागलाइ लगाव लगाउनुपर्छ जसकाे प्रतिफल हाेस् । हामीलाइ भगवानले विश्वकाे १२ प्रतिशत जैविक विविधता दिएकाे छ, हामी भगवानलाइ गाली गरेर बस्छाैं, विश्वकाे ०.०१ प्रतिशतकाे देश भनेर यसले हामीलाइ नै धिक्कार्दछ । यहाँ प्रशस्त सम्भावना छन् । संसारकाे

अग्लाेदेखी हाेंचाे भूभाग रहेकाे छ । भगवानलाइ कीन गाली गर्नु ?

सकारात्मक साेंचकाे व्यक्ति व्यक्तिमा जागरूकता जरूरी रहेकाे उल्लेख गर्दै कर्ण शाक्यले गरिब भएर जन्मनु दुर्भाग्य हाेइन, गरिब नै भएर मर्नु दुर्भाग्य हाे भन्दै अथक परिश्रम, मेहनत र कर्म गरे नेपालमै सुन फल्ने कुरामा दुइमत नभएकाे उनले बताए । शाक्य भन्छन्, मैले काठमाण्डाैंमा घर बेचेर माटाे किन्दा परिवारले गाली गर्थे मैले सपना देखे, मेहनत गरें र सफलता पनि प्राप्त गरें । 

पर्यटन उद्यमी शाक्यले पाल्पाकाे रानीमहल संरक्षण सेताे हात्ती पाल्नुजस्ताे भएकाे बताए । उनी भन्छन्, सरकारलाइ नै सेताे हात्ती पाल्नु जस्ताे भयाे भने यसकाे संरक्षण गर्न गाह्राे हुन्छ यसकाे संरचना नबिग्रने गरि रेष्टुरेन्ट चलाएर यसबाट उपार्जन गर्नु उचित हुन्छ । उनले शब्द खेलाएर साहित्यकार नभइने भन्दै चेत, विवेक र सचेतनापूर्वक काम गर्नुपर्नेमा जाेड दिए ।

प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले परिवर्तनको थालनी आफैंबाट गरे सम्भव हुने बताए । उनी भन्छन्, प्राचीन सम्पदालाई वर्तमान समृद्धिसँग जोड्न आवश्यक छ ।  जलवायु परिवर्तनको असरले समाजमा भएको स्वच्छ वातावरण र सम्पदा विनासतर्फ गएकाले संरक्षणका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबाट सामुहिक प्रत्यत्न आवश्यक रहेको छ । लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले संयमता र धैर्यले व्यक्तिलाई महान बनाउने भन्दै सकरात्मक दृष्टिकोणबाट सम्पदा र संस्कृति संरक्षणमा सरोकारवाला निकायले प्रण गर्न आवश्यक रहेको औंल्याए । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले शाक्यको सकरात्मक सोचको अनुभवलाई विकास र समृद्धिसँग जोड्न आवश्यक रहेको बताए ।

ग्रीन फर गुड नेपालका अध्यक्ष धनिश्वर बस्यालले असल साेंच र अभ्यास समुदायस्तरसम्म पुर्याउन संस्थाले सिर्जनात्मक, स्वाभलम्बी र अात्मनिर्भर कार्यक्रम सञ्चालन गर्दै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय