latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

रूपन्देही, चैत ८

रुपन्देही जिल्लामा मुख्य कार्यालय रहेर पहिलाे पटक ट्रस्ट बिमा कम्पनी स्थापना भएको छ। शुक्रबार चैत ९ गतेबाट इन्स्योरेन्सको औपचारिक शुभारम्भ गर्ने गरि  ट्रस्ट माइक्रो इस्योरेन्स कम्पनी स्थापना गरिएकाे हाे ।

रुपन्देहीको तिलोत्तमा आफ्नो केन्द्रीय कार्यालय रहेकाे छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी माइक्रो इस्योरेन्सको शुभारम्भ हुन लागेको बताए । बुटवलका ७१  जना  सञ्चालकहरूको ७५ करोड लागतमा माइक्रो इन्स्योरेन्स शुभारम्भ हुन लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हानी नोक्सानीमा राहत दिने उद्देश्य रहेकाे पनि बताए ।

रूपन्देही जिल्लाकाे तिलोत्तमा नगरपालिका वडा नं. २ जानकी नगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौँ रहेको छ ।

कम्पनीले देशभर १८ वटा शाखा तत्काल विस्तार गर्ने गरी काम अगाडी बढाइएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय