latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

गोपाल प्रसाद बस्याल
पाल्पा, चैत्र ४

पाल्पाकाे तानसेनमा रहेकाे मोहनकन्या माध्यमिकविद्यालयमा किशोरीहरूका लागि ५० दिने आत्मरक्षा तालिम दिइएकाे छ । विद्यालयकाकक्षा ८ देखि १२ सम्म अध्ययनरत जम्मा ३५ जना छात्राहरूले हरेक दिन बिहान तालिम पूरा गरेका छन् ।
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको वार्षिक कार्यक्रम अनुसार सञ्चालित आत्मरक्षा तालिममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक वीर बहादुर कुमालले किशोरीमाथि हुने बलात्कार, लाठीले टाउकोमा हान्ने, पछाडिबाट हान्ने, कम्मर अँठ्याउने, चुल्ठोमा लुछ्ने लगायतका शारिरिक हिंसाको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्ने सिपको अभ्यास गराएका थिए ।यसका साथै छात्राहरूलाई कराँतेका केहीसिपहरू पनिसिकाइएको थियो ।
तालिम समापनकाअवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त सिपका आधारमा किशोरीहरूले आत्मरक्षाका साथै शारीरिक तन्दुस्ती, स्वास्थ्य स्फूर्ती प्राप्त गरेका र राष्ट्रिय स्तरमा समेत यी आत्मरक्षा कार्य सिप र खेलको माध्यमबाट आफ्नो ब्यक्तित्व विकास गर्न सक्ने बताए । विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले प्रदेश सरकारले छात्राहरू लक्षित यस कार्यक्रमबाट छात्राहरूमा आत्मरक्षा सिप विकास भएको बताए । कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक एवम् प्रशिक्षक धनपति गैरेले यस तालिमबाट आफू माथि हुने हिंसात्मक आक्रमणबाट बच्नकालागि किशोरीहरू सक्षम भएको बताए ।

तालिममा सहभागीकक्षा ११ का छात्रा प्रकृति थापाले आफूहरू माथि हुने शारीरिक आक्रमणको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्न प्रशस्त सिप विकास गर्न सकेको बताइन् । उनले तालिमका क्रममा गरिएको अभ्यासबाट आफ्नो रक्षाकालागि प्रतिकार गर्ने आत्मविश्वास बढेको, अनुशासन, आत्मसम्मान जस्ता सिपको विकास भएको बताइन् ।
डिभिजन कार्यालयका प्रमुखमित्र प्रसाद गौतमले यो पहिलो चरणको कार्यक्रमबाट आधारभूत सिप प्रदान गरिएकोबताउँदै सबैलाई बधाई ज्ञापन गरे । कार्यक्रम डिभिजन कार्यालयका दल बहादुर रास्कोटीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय