latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा) । नेवा दयदेवु (राष्ट्रिय संगठन) रामपुर नगर कमिटीको आयोजनामा भेटघाट तथा वनभोज कार्यक्रम सकिएको छ ।

नगर कमिटी अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा रामपुर नगरपालिका वडा नं ८ स्थित पर्यटकीय भुजात सिद्धबाबाधाममा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा संस्थाका सल्लाहकार राजुप्रसाद श्रेष्ठले आफ्नो रितिरिवाज र संस्कृतिलाई सधैँ अवलम्वन गरेर सामाजिक भावनाका साथ रचनात्मक कार्य गर्न सुझाव दिनुभयो ।

बेला–बेलामा जमघट कार्यक्रमले समुदायमा एकताको भावना प्रगाढ बनाउने हुदा यस्ता कार्यबाट धेरै कुरा सिक्ने अवसर मिल्ने प्रदेश सभा सदस्य श्रेष्ठ बताउनुहुन्छ ।

संस्थाका बरिष्ठ उपाध्यक्ष मोहन श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा नेवा समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा दयदेवु रामपुर ४ का सल्लाहकार धनबहादुर श्रेष्ठ, नेवा दयदेवु रामपुर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ, नेवा दयदेवु चापाकोट स्याङ्जाका सचिव शान्ति श्रेष्ठ लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

संस्थाका उपाध्यक्ष सीता प्रधानको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव लेखप्रसाद श्रेष्ठले गर्नुभएको हो । कार्यक्रमको अवसरमा नेवारी परिकार यमरी लगायतका विभिन्न परिकार ग्रहण तथा नाचगान गरेर रमाईलोसंग मनाइएको छ । कार्यक्रममा सहभागीले आफ्नो समुदायको मौलिक पहिचान झल्कने पोशाकमा सजिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय