latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा , समृद्ध जिवन विषयक प्रवचन कार्यक्रम रामपुर पाल्पामा सोमबार सम्पन्न भएको छ । जिवन विज्ञान सम्बन्धि जानकारी गराई जीवनलाई सुखि र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यले रामपुर नगरपालिकाको आयोजनामा प्रवचन कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सुखि र समृद्ध जीवनका लागि योग ध्यान सहित सकारात्मक सोँचको खाँचो पर्ने बताउनुभयो । उहाँले भौतिक सुख सुविधाले मात्र मानिसको जीवन खुशी नहुने भन्दै आत्मज्ञान र आत्म सन्तुष्टिले मात्र सुखी र खुशी बनाउने बताउनु भएको छ । जीवनलाई समृद्ध र समाजलाई अनुशासित बनाउनका लागि सकारात्मक सोँच र आफुलाई चिन्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले मानिसले आफुलाई चिन्न नसक्दा र सकारात्मक सोँचको कमीका कारण समाजमा विकृति विसंगति फैलिरहेको औँल्याउनुभयो ।  दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर पाल्पामा  कार्यक्रममा समृद्ध जीवन विज्ञानका विशेषज्ञ योग साधक एल.पि. भानु शर्माले जीवनलाई समृद्ध बनाउन स्वयम आफु भित्रको क्षमताको पहिचान र हरेक आवश्यकता परिपूर्ति गर्नु पर्ने बताउनु भएको छ । साथै उहाँले अरुको आवश्यकता पुरा गरेर जीवनको समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले प्रवचन सहितको प्रशिक्षणमा सिकाईएका कुरा व्यवहारमा लागु गरी जीवनलाई समृद्ध बनाउन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिल बहादुर खाँणको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका सल्लहाकार ,जनप्रतिनिधि , राजनितिक दल , विभिन्न विद्यालयका अध्यक्ष , प्रधानाध्यापक , शिक्षक अविभावक संघका अध्यक्ष , विद्यार्थी , पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा समृद्ध जीवन विज्ञानका विशेषज्ञ योग साधक एल.पि. भानु शर्माले जीवन विज्ञान सम्बन्धि प्रवचन दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय