latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३
गोपाल प्रसाद वश्याल,
तानसेन, फाल्गुण ४
तानसेन, पाल्पास्थित मोहनकन्यामाध्यमिकविद्यालयमा एक दिने खाना महोत्सव सम्पन्नभएको छ । विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भै विभिन्न १५ प्रकारका परिकारहरू राखिएका थिए ।
विद्यार्थीहरूले मःम, पकौडा, फ्रेञ्च फ्राइ, ससेज, चिकन छोइला, भेज छोइला, बटुक, आलु कवाफ, चुकाउनी, पानी पुरी, चटपटे, कफि लगायतका परिकार विद्यालय आँगनमै पकाउँदै बिक्रि गरिरहेका थिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरू विभिन्न परिकार खाँदै रमाउँदै देखिन्थे । कार्यक्रममा छात्राहरूले नाँचगानसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमबाट ४५ हजारभन्दा बढीको बिक्रिभएको शिक्षक टंक भुसालले बताए । विद्यार्थीहरूलाई कक्षाशिक्षक रिताअधिकारी, शान्ता सोमै थापा लगायतशिक्षकहरूले सहयोग गरेका थिए ।
खाना महोत्सवमा सहभागीविद्यालयब्यवस्थापन समितिकाअध्यक्षबिधानश्रेष्ठले विद्यार्थीहरूको अग्रसरतामा सञ्चालित यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा श्रम सिपको विकास हुने, सामानखरिद र खाना परिकार बनाउने सिपको विकास हुने र सञ्चार सिप, नेतृत्वसिप जस्ता क्षमताविकास हुने बताए ।
विद्यार्थीको अध्ययनका साथै यस प्रकारका अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले ध्यानदिएको प्रधानाध्यापक दिपक ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय