latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ २७

पाल्पामा जन्मिएका सनिल नेपाल पोर्चुगलको लागि पहिलो नेपाली राजदुतमा नियुक्ति भएका छन् ।जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीका जन्मिएका नेपाललाइ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले शुक्रवार नेपाललाइ राजदूत नियुक्त भएकाे हाे । सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका थिए । सम्बन्धित देशले अग्रिमो पठाएपछि राष्ट्रपतिले राजदूत नियुक्त गरे। सरकारले पोर्चुगलमा पहिलो पटक दूतावास खोल्ने निणर्य गर्दै नेपाललाई राजदूत नियुक्त गरेको हो ।

प्रस्तावित राजदूत नेपालले १३ पानामा समेटिएको आफ्नो अवधारणा पेस गरे । उनले नेपाल–पोर्चुगल कूटनीतिक सम्बन्धको इतिहासको चर्चासहित आफ्नो लिखित योजना पेस गरे ।

समुद्रदेखि सगरमाथाको अवधारणा 

प्रस्तावित राजदूत नेपालले नेपालमा पोर्चुगलबाट आउने पर्यटकको संख्या ५ वर्षको तुलनामा अहिले ३४ प्रतिशतले बढेको तथ्यांक सुनाउँदै आफू राजदूत नियुक्त भएमा प्रत्येक वर्ष कम्तीमा १० हजार पर्यटक नेपाल भित्र्याउने योजना सुनाए । ‘सन् २०१८ मा पोर्चुगलबाट नेपालमा २ हजार ३६ पर्यटक आएकोमा सन् २०२२ मा ३ हजार ५ सय ४७ आएका रहेछन् । म राजदूत भएर गएँ भने पहिलो वर्षमा सो संख्या १० हजार पुर्‍याउँछु, यो मेरो प्रतिबद्धता हो,’ नेपालले भने ।

भारतको गोवामा आउने हजारौं पर्यटकलाई नेपाल ल्याउन पहल गर्ने आफ्नो योजना रहेको उनले बताए । यसैलाई उनले समुद्रदेखि सगरमाथाको अवधारणामा समेटेका छन् । ‘पोर्चुगलमा आएका अन्य देशका पर्यटकलाई पनि नेपाल भ्रमणका लागि पहल गर्छु,’ नेपालले आफ्नो योजना समितिलाई सुनाए । जुन कुरालाई प्रायः सबै सांसदले प्रशंसा गरे ।

उनले ‘टीम युरोप’को अवधारणा पनि संसदीय समितिमा राखे, जुन नौलो थियो । युरोपमा रहेका नेपाली राजदूतहरूको एउटा टीम बनाएर नेपालको हित प्रबर्द्धनमा काम गर्ने उनको योजनालाई सांसदहरूले बडो धैर्यपूर्वक सुने ।

पोर्चुगलमा झण्डै ६० हजार नेपाली रहेकोमा एक हजार हाराहारीले विभिन्न व्यवसाय सञ्चालन गरिरहेको र व्यापार प्रबर्द्धनमा नयाँ कार्यक्रम ल्याउने उनले बताए । पोर्चुगलसँग श्रम सम्झौता गर्न पहल गर्ने आफ्नो प्राथमिकता रहने उनले बताए ।

पोर्चुगलमा हुने व्यापार मेलामा नेपालको स्टल राख्ने तथा पोर्चुगलको कृषि प्रविधिलाई नेपाल भित्र्याउने योजना रहेको उनले सुनाए । साथै, नेपाली विद्यार्थीलाई छात्रवृत्तिका लागि पहल गर्नेलगायत कयौं नयाँ विषय उनले अगाडि सारे ।

रोनाल्डोलाई सगरमाथामा ल्याउन पनि पहल गर्छुः नेपाल

पोर्चुगलको संविधान लिबरल भएकाले त्यहाँका नागरिक र आप्रवासी कामदारलाई सरकारले गर्ने व्यवहार एकै भएपनि त्यहाँ रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन काम गर्ने उनले बताए ।

रोनाल्डोलाई नेपाल ल्याउने कुरा आफ्नो मनमा रहे पनि लिखित अवधारणामा नराखेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय