latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा माघ २३

नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औ वर्षिक साधारणसभा सोमबार तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि संघका लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणाले आँखाको उपचारमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेत्रज्योति संघको समन्वयमा चन्दादाता, जग्गादाताहरुको सहयोगले देशभरका आँखा अस्पताल संचालन भएको बताउनुभयो । प्रमुख अतिथी राणाले आँखाका बिरामीहरुले आफ्नै घरदैलोमा उपचार पाउदा टाढा टाढा घाउनु पर्ने समस्याको अन्त्य हुँदै गएको बताउनुभयो ।
साधारणसभामा सचिव राजेन्द्र लिगलले वर्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सचिब लिगलले फागुन महिना देखि आधुनिक प्रबिधिबाट आँखाको शल्यक्रिया हुने तयारी भएको बताउनुभयो । नेत्रज्योति संघ पाल्पाले पाल्पा लायन्स लाकोल आँखा अस्पताल तानसेन, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, तिनाउ आँखा उपचार केन्द्र दोभान र छहरा आँखा उपचार केन्द्र गरी ४ स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।
उल्लेख गर्नुभयो ।गुल्मी अर्घाखाँची र रामपुर मा महिनाको एकपटक शल्यक्रिया सेवा दिदै आएको छ । कार्यक्रममा कोषाध्यक्ष बेदराम श्रीसले नेत्र ज्योति संघतर्फ करिब ८ लाख बराबरको र आँखा अस्पताल तर्फ ४ करोड ४३ लाख ८३ हजार ९३८ रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा आजिवन सद्स्य केदारलाल श्रेष्ठ, छिमेकी जिल्ला नेत्रज्योति संघका कोषाध्यक्ष राजेस ढकाल, कालीगण्डकी आँखा उपचार केन्द्रका प्रतिनिधि भोजेन्द्रप्रकाश ढकाललगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

नेत्रज्योति संघका भुतपुर्व सहसचीव स्वर्गीय लोकप्रसाद ढकालको स्मृतिमा धर्मपत्नी शारदा ढकालले अस्पतालमा कक्ष निर्माणका लागि रु ३ लाख ५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको भएको थियो । कार्यक्रममा संघका उपसभापति भीमसेन कार्कीले स्वागत सचीव राजेन्द्र लिगलको सन्चालन र बुद्धिप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय