पाल्पा साहित्य समाजद्वारा आयोजित ” पाल्पामा नेपाल भाषा साहित्यको बिकास” शीर्षकको अबधारणा प्रस्तुत संगै नेवारी सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न भएको छ । सम्बोधनको क्रममा प्रमुख अतिथि तानसेन नगर पालिकाका नगर प्रमुख संतोषलाल श्रेष्ठले ” पाल्पाको तानसेनमा नेवारहरूको आगमनसंगै नेपाल भाषा साहित्यको बिकास हुँदै गएको हो । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करजीले प्रस्तुत गर्नु भएको अवधारणा पत्रमा इतिहास देखि बर्तमान सम्मका धेरै कुरा संक्षेपमा आएका छन् । साहित्यको बिकासका लागि नगर पालिकाले सक्दो सहयोग गर्नेनैछ ।”

” पाल्पामा नेवार , मगर लगायतका वर्गहरूको आफ्नै भाषा साहित्य संस्कृति रहेको र जस्मा नेवारको साहित्य र संस्कृति अरूभन्दा अब्बल रहेको ” भनी मन्तव्यको क्रममा तानसेन नगर पालिकाको उप् प्रमुख प्रतीक्षा सिंजालीले भन्नुभयो ।पाल्पा साहित्य समाजको तर्फबाट समाज अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्र भित्र पृष्ठभूमि, नेपाल भाषा साहित्यको शुभारम्भ,पाल्पामा नेवारहरूको आगमन,पाल्पा तानसेनमा नेवारहरूको संस्कृति , भाषा र साहित्यको विकास , पाल्पामा नेपाल भाषा साहित्यको विकासमा योगदान पुराउने स्रष्टाहरू र साराशं सहितको समापन प्रस्तुत गरिएका छन् ।

अवधारणा पत्रमाथि केन्द्रीत रही शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानका उपाध्यक्ष रोहित प्रसाद ज्ञवाली, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल , पासा खलका अध्यक्ष देवेन्द्रमान शाक्य , तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्य , अग्रज पत्रकार मेघराज शर्मा , बौद्ध विद्वान छत्रराज शाक्यद्वारा शुभकामना व्यक्त गरिएको थियोे । कार्यक्रमममा कलाकार केशव बज्राचार्य , वाधवादक सुधन शाक्य र साथीहरूद्वारा नेवारीमा गीत प्रस्तुत गरिएको थियो ।

पाल्पा साहित्य समाजले समय सापेक्ष रूपमा फरक फरक शैलीका साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने क्रममा पाल्पामा नेपाल भाषा साहित्य सम्बन्धमा आयोजित कार्यक्रमको अध्यक्षता साहित्यकार राजेन्द्र गोपाल सिंह, स्वागत सल्लाहकार चित्रवलिराम सुवाल र संचालन सचिव सविता भट्टराईद्वारा गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय