latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १२

पाल्पा तानसेनमा मनाइँदै आएकाे ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय पर्वकाे मान्यता दिलाउन राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट सहित तानसेन नगरपालिकाकाे नेतृत्वमा ध्यानाकर्षण गरिएकाे छ । शुक्रबार तानसेन नगरपालिका प्रमुख, उपप्रमुख, प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे तथा विभिन्न राजनीतिक दलका नेताहरू र भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू सहितकाे टाेलीले राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डलाइ भेटघाट गर्दै माग पत्र पेश गरेकाे थियाे ।

टोलीले बुझाएको राष्ट्रिय पर्वका रूपमा मान्यता दिनुहुन भन्ने अनुरोध पत्रका सम्बन्धमा राष्ट्रपति र प्रधानमन्त्री दुवै सकारात्मक हुनुभएको तानसेन नगरपालिका प्रमुख सन्ताेषलाल श्रेष्ठले बताउनुभयाे । उहाँले देशकै गाैरव गर्ने इतिहासकाे साक्षी रहेकाे भगवती जात्राकाे महिमालाइ देश तथा विदेशमा प्रवर्द्दन गर्न देशका प्रमुख व्यक्तित्वसँगै भेटघाट कार्यक्रम गरिएकाे बताउनुभयाे । प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले नेपाल अंग्रेज यूद्ध जितेको ऐतिहासिक सम्झना स्वरुप मनाईने भगवती जात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रधानमन्त्री सकारात्मक भएको बताउनुभयो । प्रधानमन्त्रीले धेरै राम्रो विषय उठान भएको र यसलाई टुंगोमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको गैरेले बताउनुभयो ।

पाल्पाको तानसेनमा मनाईने ऐतिहासिक भगवती जात्रामा उच्च पदस्थ व्यक्तिहरुको सहभागितामा राष्ट्रिय पर्व मनाउनुपर्ने माग राख्दै पाल्पाली टोलीले अनुरोध पत्र बुझाएको हाे । नेपाल अंग्रेज (नुवाकोट जितगढी) युद्धको विजयोत्सवका रूपमा मनाइने भगवती रथयात्रालाई राष्ट्रिय महत्वको दिनका रूपमा विकास गर्न र राष्ट्रप्रमुख वा सरकार प्रमुखको उपस्थिति अनिवार्य बनाउन अनुरोध समेत गरिएकाे तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयाे ।

राष्ट्रियता, विरता, धिरता र रणकाैशलकाे इतिहास बाेकेकाे भगवती खट जात्रालाई राष्ट्रिय पर्वकाे रूपमा मान्यता दिनुपर्ने  माग सहित देशका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग ध्यानाकर्षण भेटघाट गरिएको नेकपा माओवादी केन्द्रका संयाेजक राजेन्द्र विकले बताउनुभयाे ।जात्राका अवसरमा भाद्र कृष्ण नवमीको दिन स्थानीय विदा दिँदै आइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय