latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, पाैष २९

स्वास्थ्य बीमा बोर्डले पाल्पाको लुम्बिनी मेडिकल कलेजलाई स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले पाल्पाको लुम्बिनी मेडिकल कलेज सहित गुञ्जमान सिंह अस्पताल चितवनलाई पनि बीमा कार्यक्रम सञ्चालन गर्न सूचीकृत गरेको छ ।

यस्तै बैठकले गेटा आँखा अस्पताल कैलाली, सगरमाथा चौधरी आँखा अस्पताल लहान, रण अम्बिका आँखा अस्पताल भैरहवा, जिल्ला आँखा उपचार केन्द्र तम्घास, फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज, प्राथमिक आँखा उपचार केन्द्र बल्कोट अर्घाखाँचीमा पनि बीमा सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ । यसैगरी संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई पनि बीमा कार्यक्रममा सूचीकृत गर्ने निर्णय भएको कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए ।

वीमा बोर्डले भुक्तानीमा ढिलाई गरेको भन्दै अनकन गरिरहेका यी अस्पतालहरुले आर्थिक वर्ष २०७९ /८० को बजेटमा आएको नयाँ प्रावधान पछि वीमाबाट बाहिरिएका थिए । सूचीकृत भएका अस्पतालहरुसंग केही दिनमै सम्झौँता गरेर स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने समेत डा. बसौलाले बताए ।

त्यसो त, यसपटक बोर्डले अहिले थपिएका निजी, सहकारी, सामुदायिक तथा मेडिकल कलेजहरु आवश्यकताको आधारमा बीमितको चापका आधारमा सेवा प्रदायक स्वास्थ्य संस्था पर्याप्त नभएको स्थानलाई प्राथमिकतामा राखी यो निर्णय गरेको जनाएको छ ।

बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सूचीकृत भएका स्वास्थ्य संस्थामा सरकारी अस्पतालमा उपलव्ध नहुने अवस्थामा रिफर सेवाको लागि मात्रै हुने बताए । यस्तै सूचीकृत हुने यस्ता अस्पतालहरुले १०० सैय्यासम्म भए सातामा १ दिन, २०० सम्मको भए सातामा २ दिन र ३०० सैय्या र सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा प्रदान गर्नु पर्ने बताए ।

सुविधाको थैलीमा रहेको ओपिडी टिकट शुल्क भारि मात्रामा घटाइयो

यसैबीच स्वास्थ्य बीमा बोर्डले हाल सुविधा थैलीमा रहेको ओपिडी प्याकेज कष्ट घटाएको छ । हालसम्म वीमामा आवद्ध व्यक्तिलाई ओपिडी प्याकेज कष्ट भनेर २०० रुपैयाँ र इमरजेन्सी प्याकेज कष्ट भनेर ४०० रुपैयाँ तोकेको थियो ।

तर सो प्याकेज पूर्ण रुपमा कार्यान्वयन नभएको भन्दै आगामी ८ माघ देखि लागू हुने गरी ओपिडी टिकट ५० रुपैयाँ र इमरजेन्सी टिकट १०० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय