latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा, पुस २२

जिल्ला प्रहरी कार्यालय पाल्पाको ६ वटा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, भान्सा घर, हिरासत कक्ष, व्यारेक र शौचालयको उद्घाटन गरिएकाे हाे ।

प्रहरी महानिरिक्षक वसन्त बहादुर कुँवरले भवनको उद्घाटन गर्दै नेपाल प्रहरीलाई अतिआवश्यक विभिन्न भौतिक पूर्वाधारलाई उद्घाटन गरिएकाे बताउनुभयाे । कुँवरले चौबीसै घण्टा ड्यूटीमा खटिने नेपाल प्रहरीको दिगो विकास र सुदृढिकरणका लागि आवश्यक पुर्वाधार निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो । नेपाल प्रहरीले साधन र श्रोतको वास्ता नगरि निरन्तर जिम्मेवारी बहनमा लागेको बताउनुभयाे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्माले जिल्लाको शान्ति, सुरक्षा र अवस्थाको बारेमा जानकारी गराउनुभयो । निर्माण सम्पन्न भवनहरू २०७६/१२/०६ गते सुरु भई दुई चरणमा ठेक्का आव्हान गरी २०८०/०२/३० गते कुल लागत खर्च ६ करोड ९५ लाख ५५ हजार ४ सय ३९ रूपैया ३१ पैसामा निर्माण सम्पन्न भएको हो । निर्माणको पहिलो चरण अन्तरर्गत कार्यालय प्रमुख निवास, ब्यारेक भवन, भान्सा घर र शौचालय सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा ब्यवस्था भए बमोजिमका प्रक्रियाहरु अपनाई निर्माण कम्पनी प्राकृतिक निर्माण सेवा प्रा. लि. रुपन्देही, भैरहवा मार्फत भएको हो । पहिलो चरणको सम्पुर्ण निर्माण कार्यहरु ४ करोड ३० लाख ९ हजार ७० रूपैया ५६ पैसामा निर्माण सम्पन्न भएको हो ।

भवन उद्घाटन कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रहरीलाई कुनै राजनैतिक हस्तक्षेपविना चल्न दिनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरी विश्वमै उत्कृष्ठ प्रहरीको रुपमा स्थापित भएको भन्दै उहाँले प्रहरीलाई सुबिधासम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले प्रहरीलाई प्रविधिमैत्री बनाउन सके अपराध तथा अनुसन्धानमा सफलता मिल्ने बताउनुभयो । नयाँ भवन बनेपछि प्रहरीको सेवा थप प्रभावकारी बन्ने र जिल्लामा शान्तिसुरक्षा सुदृढ हुने उल्लेख गर्नुभयो । कार्यक्रमका अवसरमा उत्कृष्ठ सेवा गर्ने प्रहरी अधिकृत तथा जवान, निर्माण व्यवसायी तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक सभापति झपेन्द्र गहिरेले पाल्पा विगतदेखि नै सबैकाे सहकार्य र समन्वयमा संचालन हुने जिल्ला रहेकाे बताउनुभयाे । उहाँले नेपाल प्रहरीले विगतदेखि नै जिल्लामा कार्य कुशलता देखाएकाे उल्लेख गर्नुभयाे ।

कार्यालय प्रमुख निवास भवनको भुई र पहिलो तल्लामा ५ वटा कोठाहरु र यसको क्षेत्रफल १५८. ० बर्ग मिटर, ३ तल्ले ब्यारेक भवनको १२ वटा कोठाहरु र यसको क्षेत्रफल ६१९.७० वर्गमिटर, भान्सा घरमा ७ वटा कोठाहरु र यसको क्षेत्रफल २७६.० वर्गमिटर र शौचालय भवनको १० वटा कोठाहरु र यसको क्षेत्रफल २५.४ वर्गमिटर रहेको छ ।

यसै गरी दोस्रो चरण अन्तरर्गत सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष निर्माण र कार्यालय भवनको मर्मत संम्भार सम्बन्धि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा ब्यवस्था भए बमोजिमका प्रक्रियाहरु अपनाई निर्माण कम्पनी शुभ कन्स्ट्रक्सन प्रा लि. नयाँ बजार – १७ काठमाडौ, मार्फत निर्माण भएको छ । दोश्रो चरणको निर्माण कार्यहरु मिति २०७७/१०/०६ गते निर्माण सम्झौता भई २ करोड ६५ लाख ४६ हजार ३ सय ६८ रूपैया ७५ पैसामा निर्माण सम्पन्न भएको हो ।

त्यस्तै सिनियर प्रहरी अधिकृत निवास भवनमा जम्मा १० वटा कोठाहरु र यसको क्षेत्रफल ३७९.१५ व.मि. रहेको छ । यसै गरी महिला र पुरुषको लागी छुट्टाछुट्टै हिरासत कक्ष ८ वटा कोठाहरु र यसको क्षेत्रफल २६६.९६ व.मि. रहेको छ । मर्मत संभार गरीएको कार्यालय भवनको १४ वटा कोठाहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय