काठमाडौं, पुस १३

इपीएस परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाले शुक्रबार मध्याह्न मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि भएको झडपमा परि उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको बताए । वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइ नसकेको उनको भनाइ छ ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारी साधनमा आगजनी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय