latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं, पुस १३

इपीएस परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाले शुक्रबार मध्याह्न मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि भएको झडपमा परि उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको बताए । वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइ नसकेको उनको भनाइ छ ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारी साधनमा आगजनी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय