बिष्णु खनाल
पाल्पा, पुस २
नेपाल परिवार नियोजन संघ पाल्पाले जिल्लाका पत्रकार र स्वास्थ्यका सरोकारवालाहरुसंग छलफल गरेको छ । सोमबार तानसेन ६ बारुदखानमा रहेको आफ्नै भवनमा संघले सन् २०२३ भित्र गरेका काम र दिएका सेवाका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले आम नागरिकमा परिवार नियोजन भन्दा पनि परिवार ब्यबस्थापन भन्ने धारणा बिकास हुनुपर्ने बताउनुभयो। परिवार नियोजनको बिषयमा ज्ञान तल्लो लक्ष्यित समुदायसम्म पुर्याउनु पर्ने उहाँको धारणा थियो । बिधालयमा नै यौन तथा प्रजनन शिक्षाको बारेमा शिक्षकबाटै किशोर किशोरीहरुमा ज्ञान पुर्याउन जरुरी रहेको प्रमुख खनालको भनाई थियो ।

स्वागत सहित कार्यक्रमको उद्धेश्य माथी नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले गर्नुभएको थियो । उहाँले परिवार नियोजन संघले गर्दै आएका काम र गरिरहेका कामको बारेमा जानकारी दिनुभएको थियो । बृहत यौनिकता सम्बन्धि ज्ञानको अभिबृद्धि अपंगता भएका ब्यक्तिहरुमा पनि लक्छित हुनुपर्ने उहाँले बताउनुभयो । परिवार नियोजन संघले १ बर्षमा गरेको काम र संघले गर्ने कामका बारेमा प्रबन्धक न्यौपानेले पत्रकार तथा सरोकारवालाहरुलाई जानकारी दिनुभएको थियो ।
पछिल्लो समय पाल्पामा करिब १२ प्रतिशत बीस बर्ष मुनिका किशोरीहरु गर्भवती भएको तत्य रहेको छ । किशोर किशोरीहरुको लागि परिवार नियोजनका साधनहरु सहज तथा गोपनियताका साथ उपलब्ध गराउने लक्ष्य परिवार नियोजन संघले लिएको छ । परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक न्यौपानेले नेपालका ४२ वाट जिल्लामा परिवार नियोजन संघको शाखा रहेको बताउदै पाल्पामा ९ हजार ६६३ जना ब्यक्तिले सेवा लिएको । र, परिवार नियोजनका साधनको प्रयोगले ३ हजार ६ सय ९४ जना दम्पतीहरु अनिच्छित गर्भधारण गर्नबाट जोगिएको आंकडा रहेको जानकारी दिनुभयो। परिवार नियोजन संघले यौन तथा प्रजनन स्वास्थको क्षेत्रमा उल्लेख काम गरेको प्रबन्धक न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थको बारेमा स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले प्रस्तुति गर्नुभएको थियो । उहाँका अनुसार पाल्पामा किशोरी उमेरमै गर्भवती हुने अबस्था ब्याप्त रहेको बताउदै किशोर किशोरीहरुको लागि बिधालय,समुदाय र स्वास्थ्य सेबामा आधारित गोपनियता पुर्बक सेबा दिनुपर्ने बताउनुभयो । उहाँले बिधालय, समुदाय तथा स्वास्थ्य संस्था किशोर किशोरी मैत्री हुने पर्ने बताउनुभयो । किशोर किशोरी मैत्री बन्नका लागि ८० वटा सूचकहरु पार गर्नेको खण्डमा किशोर किशोरी मैत्री भएको मान्न सक्ने उहाँको धारणा थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, तानसेन ६ का वाड अध्यक्ष सागरमान महर्जन, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्रकुमार गिरीले राख्नुभएको थियो ।

ग्लोबल युथ कनेक्टको सहयोगमा भएको कार्यक्रम कमल बस्यालको संचालन र नेपाल परिवार नियोजन संघ पाल्पा कार्यबाहक अध्यक्ष माधबप्रसाद अर्याल अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय