latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), मङ्सीर १०

लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की रानाले लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रलाई सुगम क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।
शनिवार पाल्पाको रामपुर नगरपालिकाले आयोजना गरेको परिचयात्मक कार्यक्रम तथा १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुनुहुदै प्रदेशको पूर्वी भाग रामपुर लगायतका क्षेत्र विकासको केन्द्रबिन्दु रहेकाले यसको बृहत्तर विकासमा प्रदेश सरकारले जोड दिने अर्थमन्त्री रानाले बताउनुभयो ।
कालीगण्डकी करिडोर सडकमार्गले नारायणघाट, बुटवल, काठमाण्डौँ, पोखरा लगायतका ठुला–ठुला शहरसंग रामपुर जोडिएको हुदा यो क्षेत्र आफैमा केन्द्रको रुपमा विकास भइरहेको उहाँ बताउनुहुन्छ ।
उहाँले लंैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा आफुले राजनितिक जीवनकालमा सक्रियताका साथ लागेको बताउनुहुदै दशवर्षे जनयुद्धमा महिला सक्रियताका कारण नेपाली सेनामा महिला सेना भर्ती लिन थालेको र अहिले धेरै महिला नेपाली सेनामा आबद्ध रहेको बताउनुभएको छ । हिंसाबिरुद्रको अभियानमा प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको हुदा अभियानको रुपमा सञ्चालन गर्ने उहाँले बताउनुभएको छ ।
साथै अर्थमन्त्री रानाले रामपुरमा सञ्चालित पन्ध्र शैयाको रामपुर आयुर्वेद अस्पतालको अवलोकन गर्नुहुदै अस्पतालको सेवा प्रवाह र व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । अर्थमन्त्री रानाले रामपुरका शैक्षिक, स्वास्थ्य लगायत विभिन्न क्षेत्रको अवलोकन गर्दै जानकारी समेत लिनुभएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेलले स्वागत गर्नुभएको हो भने संचालन नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय