पाल्पा, मंसिर ६
चिच्याएर बर माग्ने पाल्पा सत्यवती मेला भोलीबाट सुरुहुने भएको छ । सत्यवती मेलाको तयारी पूरा भएको सत्यवती ताल मन्दिर व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि आगामी भोलीबाट मंसिर ११ गतेसम्म सत्यवती मेला हुने आयोजकले जनाएको छ ।
समितिका अनुसार यो वर्ष सत्यवतीमा बर माग्ने मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । समितिका अध्यक्ष दानबहादुर गाहाले नेपालमै विशिष्ट पहिचान बोकेको सत्यवतीमा बर माग्ने मेला पाँच दिन हुने जानकारी दिनुभयो । भक्तजनको माग र चाहना अनुसार यो वर्ष पाँच दिन बर माग्ने मेला लाग्ने उहाँले बताउनुभयो ।
सत्यवती बज्यै घना जंगलको बीचमा आइ तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने भएकाले सत्यवती ताल नजिकै पुगेर चिच्याएर बर मागे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ । यही विस्वासका कारण यहाँ हरेक वर्ष कात्तिके र मङ्सिरको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयको भनाई छ ।
भक्तजनले बर माग्ने मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, साल आदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि बर मागेर फर्कने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय