latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

तिनाउ गाउँपालिका –४ पाल्पाको सत्यवती तालमा मंसिर ७ गतेदेखि ११ गतेसम्म मेला लाग्ने भएकाे छ । ५ दिने धार्मिक मेला लाग्ने तयारी भएको पत्रकार सम्मेलनमा सत्यवती मन्दिर ताल संरक्षण विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष दानबहादुर गाहाले कात्तिक चतुर्दशीका दिन भक्तजनहरू रातीको १२ बजे सत्यवती बज्यैको मन्दिरमा पूजा पाठ गरी चिच्याएर वर मागी बिहानपख झिसमिसेमै बाटो लाग्ने प्रचलन भएपनि अहिले जुनसुकै दिन र समयमा दर्शनार्थी आउने र वर माग्नेको संख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ ।

यसवर्ष नेपाल र भारतका गरी एक लाख बढी श्रद्धालु भक्तजन मेला भर्न आउने अनुमान समितिले गरेको छ । गतवर्ष वर माग्ने ‘जोग’ परेकाले करिब १ लाख ५० हजार बढी श्रद्धालु भक्तजन सहभागी भएको र २१ लाख ५८ हजार दान र भेटी वापत रकम उठेको अध्यक्ष गाहाले बताउनुभयो । यस वर्ष मंसिरमा पूर्णिमा पर्दा ‘जोग’ छैन तरपनि श्रद्धालु भक्तजनको संख्यामा भने कमी नआउने समितिको दावी छ ।

दर्शनका लागि मेलामा आउने भक्तजनहरुको सुविधाका लागि सडक स्तरोन्नति, विजुली व्यवस्थापन, स्वयमसेवक तथा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाइएको आयोजकको भनाइ छ । सत्यवती ताललाई तिनाउको एतिहासिक तथा धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले काम भैरहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले सडक स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले प्रदेश र संघसंग समन्वय गरेर काम गरिएको समेत बताउनुभयो ।

तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिडेपछि सत्यवती ताल पुग्न सकिन्छ । सवारीसाधनको प्रयोग गरेर पनि सहज रुपमा तालसम्म पुग्न सकिन्छ । मेला भर्न रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौलगायत छिमेकी देश भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत दर्शनार्थी आउने गर्दछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय