latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, कार्तिक २६

रुपन्देहीको सियारी गाउँपालिका–५ की सावित्री खरेलको सुत्केरी हुने क्रममाा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पतालको लापरवाहीले निधन भयो ।
सामान्यतया पिडितको पक्षमा सरकारले साथ दिने कानुनी ब्यबस्था छ । तर साबित्रा मृत्यु प्रकरणमा पिडित परिवारले हालसम्म पनि न्यायको महसुस गर्न पाएका छैनन् । न्यायका लागि अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय गएपनि अहिलेसम्म खनाल परिवारले न्याय पाउन सकेको छैन् । पिडित  परिवारले घरको सदस्य त गुमायो नै उपचारको क्रममा निकै ठूलो आर्थिक भार समेत बोक्नु  पर्यो । उपचारको क्रममा करिब ५० लाख भन्दा बढी खर्च भएको परिवार स्रोतले बताएको छ । आर्थिक कुरा भन्दा न्याय पाउने कुरा महत्वपूर्ण भएको  सावित्रीका जेठाजु महेश खनाल बताउछन् ।

शल्यक्रिया गरेको ६ दिनपछि सावित्राको पेट एक्कासी फुल्न थाल्यो । ल्याब रिपोर्टहरूमा कुनै समस्या नभएपनि सावित्राको पेट फुलेको भने घट्नुको साटो झनै बढ्दै गयो । बच्चा निकाल्ने क्रममा शल्यक्रिया गर्दा डाक्टरले लापरबाही गरेर पेटमा भएको रगतको नसा काटिएको परिवार बताउछ । उपचारको लागि युनिभर्सल मेडिकल कलेजको लापरवाही गरेपछि परिवारले हेलिकप्टरमा साबित्रालाई काठमाडौ लाग्यो । काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा पुर्याउदा साबित्राको अवस्था नाजुक बनिसकेको थियो । ग्राण्डी इन्टरनेसनल अस्पताल काठमाडौंमा लगेको ११ औं दिनको दिन कार्तिक २ गते सावित्राको मृत्यु भयो ।

अहिले परिवार न्यायका लागि हारगुहार गरिरहेको छ । परिवारले न्याय माग्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी   गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । अस्पतालबाट बिरामीको उपचारमा गरिएको लापरवाहीको बिरुद्धमा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने तयारी समेत भएको सावित्रीका श्रीमान सुरज खनालले बताए ।
अस्पतालमा आफु र आफुनो परिवारले पाएको दुख र क्षति आगामी दिनमा अन्य परिवारलाई नपरोस भनेर न्याय माग्दै सम्बन्धित निकायको ढोकासम्म पुगेको सुरजले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय