गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ विश्व सम्मेलनबाट अध्यक्ष पदमा डा. बद्रि केसी विजयी भएका छन्। डा. केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्। अध्यक्ष पदकै प्रतिस्पर्धीहरु महेश श्रेष्ठले १ हजार २ सय २५ र आरके शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन्।

निर्वाचनमा विदेशमा रहेकाहरुका लागि अनलाइन तथा काठमाडौंमा प्रत्यक्ष उपस्थित भएर मतदानको व्यवस्था मिलाइएको थियो। काठमाडौंमा करिब ८ सयले मतदान गरेका थिए। जसमा श्रेष्ठ प्यानलबाट उपाध्यक्षका उम्मेदवार डा. केशब पौडेलको मत शून्य देखाए पछि प्रतिस्पर्धीहरुले सिस्टम ह्याक गरेर डा. के.सी.ले आफ्नो पक्षमा परिणाम पारेको आरोप लगाएका छन्।

अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठ र शर्माले धाँधली भएको आरोप लगाउँदै परिणाम नस्वीकार गर्ने घोषणा गरेका छन्। पौडेलको शून्य मत देखाए पछि अधिवेशनस्थल सोल्टी होटलमा नाराबाजी समेत भएको थियो। उपाध्यक्षका प्रत्यासी पौडेलले आँफैले हालेको मत पनि शून्य देखाएपछि मतदानमा गडबड भएको प्रतिस्पर्धीको दाबी छ।

निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) मत ल्याएर विजय भएका छन्। त्यसैगरी, महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भएकी छिन्। सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरेकी छिन्।

यसैगरी, युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भएका छन्। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे। संघको महासचिवमा गौरीराज जोशी २०३७ मत प्राप्त गरेर विजयी भएका छन्। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका थिए।

उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) विजयी भए । ६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन्। त्यसैगरी, महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन्। सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्। उनीकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन्। त्यसैगरी, अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन् ।

यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भएका छन्। सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय