latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पामा डेङ्गु संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका वडा नं. २, रुप्सेका ८४ वर्षीय पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा डेङ्गु सङ्क्रमित पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले बताए । गत असोज २७ गते अस्पतालमा भर्ना भएका पुरुषको पाँच दिनपछि अस्पतालमै मृत्यु भएको हो । उनमा डेंगुसंगै स्क्रबटाइफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ । पाल्पामा यो वर्ष डेंगुबाट चार जनाले ज्यान गुमाएका छन् ।

यसअघि तानसेन–६ का ६९ वर्षकी महिला, माथागढी–१, का ३५ वर्षका पुरुष र वालिङ् नगरपालिका–११ का ११ महिने बालिकाको मृत्यु भएको थियो ।

चारै जनाको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय