latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पछिल्लाे समय पाल्पामा डेंगु र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

विगतका वर्षमा कम संख्यामामा बिरामी देखिएपनी अहिले दैनिक १० जनामा डेंगुको संक्रमण देखा परेको कार्यालयले जनाएको छ ।

पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा एक सय ८२ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्र गिरीले बताए । पाल्पामा हालसम्म दुई जनाको डेंगु डेंगुका कारण मृत्यु भइसकेको छ ।

यस्तै जिल्लामा स्क्रब टाइफसको बिरामी पनि बढ्न थालेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीका अनुसार जिल्लामा एक सय १९ जना स्क्रव टाइफसका बिरामी देखा परेका छन् । उहाँका अनुसार पाल्पाका सबै स्थानीय तहमा स्क्रब टाइफसका बिरामी भेटिएको छ ।

स्क्रब टाइफसबाट जोगिन खेतबारीमा काम गर्दा, वन जङ्गल, झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर ढाकिने कपडा लगाउनुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय