latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका राजीव रिमाललाई हाजिर नगराइ फिर्ता पठाइएकाे छ । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त नभएको र मन्त्रालयले पालिकालाई जानकारी नदिई पठाइएको भन्दै उनलाई हाजिर गर्न नदिएको हो ।

संघीय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पत्रमार्फत जनाएका छन् । पत्रमा भनिएको छ, ‘तीन तहको सरकारमध्ये सबैभन्दा बढी प्रत्यक्ष रूपमा जनतासँग जोडिएको सरकारसँग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको व्यवहोरा जानकारी गराइन्छ ।’

रिमाललाई भदौ ४ गते संघीय मामिला तथा प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । गाउँपालिकामा हाजिर गर्न नपाएपछि रिमाल सोमबार साँझै पोखरा फर्किएका छन् । कार्यालय पुग्नेबित्तिकै उनलाई पत्र हातमा हालेर थमाइएको थियो । रिमालले इन्जिनियरिङ सेवामार्फत अधिकृतमा नाम निकालेपछि पहिलोपटक कालीगण्डकीको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय