latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, भदौ २१
नेपाली फौजले अंग्रेज फौजलाई पराजय गरेको उल्लास स्वरुप आज पाल्पामा ऐतिहासीक भगवती जात्रा (रथयात्रा) मनाइदै छ । भगवती जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज पाल्पा जिल्ला भर सार्वजनिक बिदा दिएको छ । पाल्पामा हरेक वर्ष कृष्णाजन्माष्टीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ ।
विसं १८७७ सालदेखि हरेक वर्ष तानसेनमा कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा निकालिदै आएको छ । यो जात्रा नेपाल अंग्रेज युद्धमा अंग्रेजलाई नेपाली फौजले पराजित गरेको हुँदा राष्ट्रिय महत्व समेत बोकेको छ । युद्धमा निस्कनुअघि कर्णेल उजिरसिं थापाले विजय भएमा ठूलो मन्दिर बनाई हर्ष बढाई सहित सिन्दुर जात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए। भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाई यो जात्रा निकाल्न थालिएको हो । चार ठाँउ नेपाली फौज पराजित हुदा यहाँ दुइृ दुई पल्ट नेपाली फौज बिजयी भएको इतिहास रहेको इतिहासविद निर्मल श्रेष्ठले बताउनुभयो ।
अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०४ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । पाल्पाको नुवाकोट, बुटवलको जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । सोही ठाउँमा तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा दुई पटकसम्म अङ्ग्रेजसँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो ।
कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते रुपन्देहीको जीतगढीमा अंग्रेजलाई परास्त गरेका थिए । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ । तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट बाजागाजाका साथ शुरु हुने रथयात्रा मुलढोकाबाट निकालेर बजार परिक्रमा गराईन्छ । नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्राले बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने चलन छ । पाल्पा सदरमुकाम तानसेनमा भब्य रुपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी,रुपन्देही,अर्घाखाची, स्याङ्जा लगायतका ठाउँबाट समेत भक्तजन आउने गर्दछन् । भगवती जात्रापछि तानसेनमा सबै जात्रा समाप्त हुने स्थानीय बुद्धिजीबी चित्रबलीराम सुवालले बताउनुभयो ।
आज निकालिने ऐतिहासीक भगवती जात्राको सम्पूर्ण तयारी पूरा भएको भगबती मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष अशोकमान महर्जनले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय