नारायण युवा क्लब तानसेन पाल्पाले श्री ७ अमर नारायण भगवान जात्राकाे शुभ अवसरमा मन्दिर परिसर सरसफाइ गरेको छ । सरसफाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली आर्मी टाेल विकास सस्थाकाे समन्वयमा गरिएको हाे ।

सरसफाइ कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति एवम नारायण युवा क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठले क्लबले स्थापना काल देखि धार्मिक, साँस्कृतिक ऐतिहासिक परम्पराकाे संरक्षणमा जाेड दिदै आएकाे बताउनुभयो । क्लबले वि स २०५४ सालमा स्थापना भएसँगै जिल्लाकाे शिक्षा,स्वास्थ्य,खेलकुद र अमर नारायण मन्दिर लगाएतले धार्मिक स्थलकाे संरक्षण र सवर्द्वनमा कार्य गर्दै आएकाे बताउनुभयो ।

क्लबका अध्यक्ष प्रविनराज शाक्यले क्लबले नारायण भगवानकाे रथयात्राकाे अवसरमा मन्दिर परिसर सरसफाइ गरिएको बताउनुभयाे । क्लबे विगतकाे समय देखि शिक्षा,स्वास्थ्य,खेलकुद एवम अमर नारायण मन्दिरकाे संरक्षण एवम सवर्द्वनमा कार्य गर्दै आएकाे बताउनुभयो । कार्यक्रममा क्लबका सल्लाहकार सकुन्तला बज्राचार्य,युवराज पाैड्याल,नारायण काेइराला लगाएतकाे उपस्थिति रहेको थियाे ।

विसं १९६३ मा विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैंचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय