latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नारायण युवा क्लब तानसेन पाल्पाले श्री ७ अमर नारायण भगवान जात्राकाे शुभ अवसरमा मन्दिर परिसर सरसफाइ गरेको छ । सरसफाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली आर्मी टाेल विकास सस्थाकाे समन्वयमा गरिएको हाे ।

सरसफाइ कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति एवम नारायण युवा क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठले क्लबले स्थापना काल देखि धार्मिक, साँस्कृतिक ऐतिहासिक परम्पराकाे संरक्षणमा जाेड दिदै आएकाे बताउनुभयो । क्लबले वि स २०५४ सालमा स्थापना भएसँगै जिल्लाकाे शिक्षा,स्वास्थ्य,खेलकुद र अमर नारायण मन्दिर लगाएतले धार्मिक स्थलकाे संरक्षण र सवर्द्वनमा कार्य गर्दै आएकाे बताउनुभयो ।

क्लबका अध्यक्ष प्रविनराज शाक्यले क्लबले नारायण भगवानकाे रथयात्राकाे अवसरमा मन्दिर परिसर सरसफाइ गरिएको बताउनुभयाे । क्लबे विगतकाे समय देखि शिक्षा,स्वास्थ्य,खेलकुद एवम अमर नारायण मन्दिरकाे संरक्षण एवम सवर्द्वनमा कार्य गर्दै आएकाे बताउनुभयो । कार्यक्रममा क्लबका सल्लाहकार सकुन्तला बज्राचार्य,युवराज पाैड्याल,नारायण काेइराला लगाएतकाे उपस्थिति रहेको थियाे ।

विसं १९६३ मा विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैंचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय