latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पाकाे तानसेन नगरपालिकामा अपाङ्गता सम्बन्धि कानूनी सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । कार्यपालिका, अपाङ्ग समन्न्वयन समिति र पैरवि समूहलाई एक दिने अपाङ्गता सम्बन्धि कानुनि विषयक सुसुचित कार्यक्रम सम्पन्न भएकाे हाे ।

तानसेन नगरपालिका कार्यवहाक नगरप्रमुख प्रतिक्षा गाहा सिंजालीले अपाङ्गता भएका व्यक्तिलाइ घृणाभन्दा मायाकाे व्यवहारले हेर्नु अावश्यक रहेकाे बताइन् । उनले अपाङ्गता भएका व्यक्तिमा फरक क्षमता लुकेर रहने भएका कारण त्यसलाइ प्रस्फुटन गराउनु अावश्यक रहेकाे बताइन् ।

उक्त कार्यक्रममा सहजिकरण निवर्तमान अद्धक्षय राष्ट्रिय अपाङ्ग महांसंघ नेपालका मित्रलाल सर्माले गर्नुभएको थियो । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गर्ने मर्यादित शब्दहरु उनिहरुलाई स्थानिय सरकारले दिन सक्ने कानुने सेवा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गर्ने मर्यादित श ब्दहरुको साथै अन्नय विषयमा सहजकरण गरेका थिए । साथै अपाङ्ग सम्मन्वयन समितिको काम कर्तव्य र अधिकार तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्रीहरूकाे बारेमा छलफल भएकाे थियाे ।

कार्यक्रममा सहभागी सराेकारवालाहरूले व्यक्तिमा भएकाे विविधता नै अपाङ्गता भएकाेले अन्यथा लिनु अावश्यक नहरेकाे बताएका थिए । कार्यक्रम सिर्जनशील संस्थाका सल्लाकार राधेश्याम ज्ञवालि र सदस्य निलकण्ठ देवकोटाकाे सञ्चालनमा भएकाे थियाे । स्थानिय सरकार सवलिकरण कार्यक्रम तानसेन नगरपालिकाकाे आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएकाे हाे । राष्ट्रिय अपाङ्ग महांसंघ नेपालको आयोजना तथा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रको समन्वयमा भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय