चितवनको टिकौली जंगलमा ८ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत भरतपुर महानगरपालिकाल ९ टिकौली जंगलमा बुधवार ११ः४० को समयमा अक्सफोड कलेजको बसले सब बोकेको बलेरोलाई ठक्कर दिँदा ४ वटा मोटरसाइकल र २ वटा स्कुटर समेत एक आपसमा ठोक्किन पुगेका थिए। सवारी दुर्घटनाबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ।

घाईतेहरुको उपचारको भरतपुर अस्तपाल, पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा भईरहको छ।

गम्भिर घाइते हुनेहरुमा खैरहनी नगरपालिकाका ६५ बर्षिय कृष्णबहादुर तामाङ, ८२ वर्षिय जित बहादुर तामा तामाङ, रत्ननगरका १४ का ५५ बर्षिय कुसुम बहादुर राना, डोल बहादुर कार्की,  ३८ बर्षिय सुरेश श्रेष्ठ, रत्ननगर ९ का  ३५ बर्षिय किशोर तामाङ र हेटौडा उपमहानगरपालिका १४का ६५ बर्षिय महोन तामाङ रहेका छन् । उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।

रत्ननगर १४का पुरन लामा, बुद्धिराम तामाङ, रेशम पोख्रेल रत्ननगर १६का दिलबहादुर घिसिङ र काठमाण्डौँ गोकर्ण ४ बस्ने ४८ बर्षिया तारा श्रेष्ठ घाइते भएका छन्। उनीहरुको अवस्था मध्यम रहेको छ। उनीहरुको उपचार भरतपुर अस्पतालमा भएको छ।

बलेरो गाडीमा सवार गैंडाकोट नगरपालिका ८का ५१ बर्षिय लोकराज लामा, आईतराम कामी, गोपाल तामाङ, पुष्प तामाङ, कृष्ण लामा, जिवन लामा घाईते भएका छन्। उनीहरुको अवस्था मध्यम रहेको छ। लोकराज बाहेक अन्यको उपचार पुरानो मडिकल कलेजमा उपचार भइरहेको छ । बा.प्र.०३–००६ प ९९८१ नं.मोटरसाइकल चालक रत्ननगर १४का ३३ बर्षिय शंकर परियार (सामान्य) पछाडि,  दिवेश शाक्य (मध्यम) घाईते भएका छन्।

भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं।को अक्सफोड कलेजको बसले विपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को शव बोकी देवघाट तर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा पछाडि सवार बा.प्र.०६–००१प९९८१,बा.प्र.०३–००५प९७, ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरका मोटरसाईकल र बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरका स्कुटर एक आपसमा ठोक्किएका थिए ।

स्राेतः नागरिकन्यूज डटकम

तस्बीरहरूः

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय