latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेकपा–एकिकृत समाजवादी (नेकपा एस) पाल्पाको अध्यक्षमा अशोक कुमार शाही चयन भएका छन् । पार्टीको सचिवालयको विस्तारित बैठकले रिक्त अध्यक्ष पदमा तानसेन नगरपालिकाका पूर्व मेयर अशोक कुमार शाहीलाइ चयन गरेकाे हाे ।

हृदयघातका कारण जिल्ला अध्यक्ष कमल प्रसाद पाण्डेयको निधन भएपछि पार्टीको जिल्ला अध्यक्ष खाली रहेको थियो । नेकपा एस पाल्पाकाे उपाध्यक्षमा मोहनलाल गैरे महिला उपाध्यक्षमा बिनिता लुइँटेल, सचिवमा जगन्नाथ नेपाल , उपसचिवमा कमल सेन , उपसचिवमा कमल रायमाझी सर्वसम्मत चयन मए ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष सोम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले रिक्त पदहरु पूर्ति गरेको जनाएको छ ।

बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डे, केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, पूर्व प्रदेश सभा सदस्य रमा घर्ती लगायतले सम्बोधन गर्दै पार्टीले जनपक्षिय कामहरूलाइ अगाडी बढाउने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय