latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णयको विरोध गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै संघले सो निर्णयको विरोध गरेको हो ।

लुम्बिनी विकास  कोषको शुक्रबारको बैठकले कोषको कार्यालय काठमाडौँमा पनि स्थापना गर्ने निर्णय गरेको थियो ।  विज्ञप्तिमा बुद्ध जन्मस्थल लुम्बिनी र त्यस वरपरका बौद्ध सम्पदाको विकास, प्रवर्द्धन, संरक्षण एवं प्रचारप्रसारमा दुरगामी प्रभाव पार्ने कुनै किसिमका नकारात्मक निर्णय नलिन लुम्बिनी विकास कोषसँग माग गरिएको छ ।

‘काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी विगतमा पनि लुम्बिनीलाई ओझेलमा पार्ने प्रयास नभएको होइन,’ संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भनेका छन्, ‘लुम्बिनीको विकास र हित चाहने हो भने लुम्बिनीदेखि बाहिर अन्यत्र कुनै स्थानमा लुम्बिनीको नाममा सम्पर्क कार्यालय वा कुनै नामका कार्यालय खोलिनु हुँदैन यसमा हाम्रो गम्भिर विमत्ति रहेको छ ।’

उनले उक्त निर्णयलाई तत्काल सच्याउन समेत माग गरेका छन्। सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले लुम्बिनीलाई अन्येलमा पार्ने आफूहरुको ठम्याइ रहेको उनको भनाइ छ ।

siddartha

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय