latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन २२

पहाडी जिल्ला पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नं.–६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिलाकाे मृत्यु भएकाे हाे ।

साउन १६ गते डेंगु संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । डेंगु संक्रमण पुष्टी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गर्दै महिला पुनः स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा आएकोमा आइतबार बेलुका मृत्यु भएको हो।

पाल्पामा पछिल्लो समय डेंगुका संक्रमित बढेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउन महिला लागेयता मात्रै १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताए ।  जिल्लामा पाल्पा र रामपुर अस्पतलसंगै तानसेनको युनाइटेड मिसन, लुम्बिनी मेडिकल कलेज गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा सन् २०२१ मा १४ जनामा संक्रमण देखिएकोमा २०२२ मा दुई सय ३३ जना, तथा २०२३ को हालसम्म ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयसंग तथ्यांक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय