latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, साउन १५

नेपाल विद्युत् प्राधिकरणले देशभर झण्डै एक लाख बिरूवा राेपण गरेकाे छ । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका देशभरका शाखा, उपशाखा तथा वितरण केन्द्र परिसर तथा वरपरकाे क्षेत्रमा वृक्षाराेपण गरिएकाे हाे ।

नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले कार्यालय परिसरमा  एक सय बढी बिरुवा कार्यालयमा रोपेको छ । पाल्पा वितरण केन्द्र, बतासे, सिलुवा, रुप्से सब–स्टेसनका साथै हार्थोक र आर्यभन्ज्याङ महसुस काउन्टर परिसरमा बिरुवा रोपेको हो ।

वातावरण सुधार्ने योजनाअनुसार यस वर्षदेखि वृक्षारोपण अभियान सुरु गरेको प्राधिकरणले जनाएको छ । सोहीअनुसार पाल्पा वितरण केन्द्रले पनि आफ्नो कार्यक्षेत्र रहेका कार्यालय परिसरमा बिरुवा रोपेको हो । कार्यालय परिसरमा आँप, सुन्तला, लिची, तेजपात, कटहरलगायत विभिन्न प्रजातिका बिरुवा रोपेको पाल्पा वितरण केन्द्रका प्रमुख विवेक अधिकारीले बताए ।

विद्युत्को पोल र तार टाँग्ने स्थलमा प्राधिकरणले रुख कटान गर्नुपर्ने हुन्छ । त्यसको बदलामा कार्यालय परिसरमै विभिन्न प्रजातिका रुख रोप्दा पनि वातावरणलाई फाइदा पुग्ने भएकाले यो अभियान थालिएको उनले बताए । मुलुकभरका वितरण केन्द्र, सब–स्टेसनलगायतमा बिरुवा रोप्दा सयौं रुख बिरुवा एकै पटक रोपिने भएकाले यस वर्षबाट अभियानको थालनी गरिएको केन्द्रका प्रशासन प्रमुख भागीरथ बस्यालले बताए ।

वृक्षारोपण कार्यक्रममा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । पाल्पा शाखा प्रमुख अधिकारीले पाल्पामा ९० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको सोही अवसरमा जानकारी दिए । चालु आर्थिक वर्षमा शत प्रतिशत विद्युत् सेवा विस्तार हुने जानकारी समेत उनले गराए ।

वार्षिकोत्सवको अवसरमा प्राधिकरणले मुलुकभरका सबै कार्यालय परिसरमा विभिन्न प्रजातिका कम्तीमा सय बिरुवा लगाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय