पुरानो समिति खारेजी पछि अदालतमा, नयाँ समिति पानी वितरणमा सक्रिय !

पाल्पा, साउन ३

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा पानी वितरणले तिव्रता पाएको छ । नयाँ तदर्थ समिति गठन भएसँगै पानी वितरण सहज हुँदा उपभोक्ता हर्षीत भएका छन् । वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका तानसेनबासी खुसी भएका छन् ।

तानसेन खानेपानी उपभोक्ता समितिमा धेरै राजनीति भयो, उपभाेक्ताकाे पटक पटक एउटै कुरा थियाे । राजनीतिक दलको भागवण्डामा बनेको समितिले काम नगरेपछि उपभोक्ता तानसेनमा उपभोक्ता भेला भयाे । उपभोक्ता भेलाबाट म्यान्डेड लिएर तानसेन नगरपालिकाले तदर्थ समिति गठन गर्यो । तानसेन खानेपानी उपभोक्ता समिति विघटन भयो । अहिले तानसेन नगरपालिकाले नयाँ तदर्थ समिति घोाषणा गरेको छ । त्यसपछि पूनः पुरानै अध्यक्ष डा. पुरनमान बज्राचार्यले कार्यालयमा गएर तालाबन्दी गरे । नयाँ तदर्थ समितिले ताला फुटाएर कार्यसञ्चालन गरेको छ । पुरानो समितिका कार्यवहाय अध्यक्ष बज्राचार्यले सर्वोच्च अदालतमा तदर्थ समितिलाई अवैधानिक भन्दै अन्तरिम आदेश माग गरेर मुद्दा पनि दर्ता गरे । सवोच्च अदालतले अन्तरिम आदेश जारी हुन माग गरेको सन्दर्भमा तत्काल आदेश नदिई कारण पेश गर्न दुवै पक्षलाई समय दिएको छ ।

तानसेनका हाेटलहरूमा समेत खानेपानी अापूर्ती बढेकाेले ट्यांकर प्रयाेग गर्नुपर्ने अवस्था नरहेकाे बताइएकाे छ । तानसेनका बाहिरी धाराहरूमा समेत मानिसहरूकाे भीड देख्न छाडिएकाे छ । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका सभापति कृष्ण अर्यालले तानसेनमा अहिलेकै जस्तै पानी निरन्तर पाउने हाे भने विद्यार्थी पढ्न अाउने दरमा वृद्दि हुने बताउँछन् । उनी भन्छन्, वर्षाकाे समय भएर हाे वा नयाँ समिति ? तर पहिले पहिलेकाे वर्षामा समेत नअाउने धारामा पानी अाइरहँदा पानीकै लागि चिन्तित बन्नुपर्ने अवस्था रहेकाे छैन । दुइ दिन अगाडी पानी भरेर बाहिर गएकाे अाज घरमा अाउँदामा पून पानी अाइरहेकाे देखेर अाश्चर्यमा परे उनले भने, यस्तै हाे भने तानसेनकाे पर्यटन, शिक्षा र स्वास्थ्यमा खानेपानी महत्वपूर्ण बन्नेछ । तानसेनमा छाेटाे समय बीचमा हप्तामा दुइ दिन नघट्ने गरि पानी वितरण गरिएकाे तानसेन खानेपानी उपभाेक्ता तदर्थ समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले उपभाेक्ताहरूले मागलाइ ध्यानमा राखि मूल, ट्याङकी र कर्मचारी बीचकाे सामञ्जश्यता कायम गरि काम गर्न थालिएकाे बताए ।

तीन वर्षे कार्यकाल रहेको तानसेन खानेपानी उपभोक्ता समितिले २०७३ पछि निर्वाचन गर्न सकेको थिएन । उसको कार्यकाल तीन वर्षे थियो । आफै विद्यान सच्चााएर एक वर्ष म्याद थप्ने अधिकार लियो । त्यसपछि जिल्लाका राजनीतिक दलको बैठकबाट समितिले पटकपटक म्याद थप्यो ।

सात वर्षे कार्यकाल गुजारेको पुरानो समितिले तानसेनमा पानी सहज गर्न भन्दा समितिको म्याद थप गर्न धेरै दौडधुप गरेको जस्तो देखिन्छ । तानसेनमा दैनिक पानी पाउने कुरै भएन । एक सातामा एक दिन एक घण्टा पानी पाउने तानसेनका उपभोक्ता चुपचाप जस्तै थिए । राजनीतिक भागवण्डामा बनेको उपभोक्ता समितिले काम गर्न नसक्दा नगरभित्रका उपभोक्ता वर्षौदेखि मारमा रहेको समयमा तदर्थ समितिले पानी वितरणको अभ्यास, यहाँका मूलको क्षमता, अवस्थाको अध्ययन गरि १० दिनमा गरेको कार्यको प्रगति विवरण नै सार्वजनिक गरेको छ ।

तानसेन खानेपानीको समस्या भोग्ने मुलुकका पहाडी बजारमध्ये एक हो । तानसेन खानेपानी उपभोक्ता समितिका अनुसार तानसेनमा दिनको कम्तीमा २६ लाख लिटर पानी चाहिन्छ । सुख्खा याममा आपूर्ति घटेर ६ देखि ७ लाख लिटर मात्र हुन्छ । समितिका अनुसार कालीगण्डकीको पानी तान्दा ११ लाख आपुर्ति छ । तानसेनमा दैनिक १५ देखि १९ लाख लिटर पानी अपुग हुन्छ । भुल्केको मूलबाट पहिले १५ लाख लिटर पानी आउ“थ्यो । सुख्खा याममा ५ देखि ६ लाख लिटर मात्रै आउ“छ । सिस्नेको मूलबाट एक दिनमा साढे चार लाख लिटर पानी आउथ्यो । सुख्खामा आधा मात्रै आउ“छ । होलाङ्दीबाट एक दिनमा अढाइ लाख लिटर पानी आउनेमा लाख लिटर मात्र छ । तीनधाराबाट दिनको ८० हजार लिटर पानी आउनेमा ५० हजार लिटर आउँछ ।
८५ वर्षदेखि तानसेनलाई पानी खुवाएको कुरूङ खोलाबाट बढीमा दैनिक ८० हजार लिटर पानी आउँछ । यसको पाइपको हावा फाल्ने सिस्टम बन्द छ । धेरै पानी चुहिएर खेर जान्छ । तानसेनमा उपभोक्ता बढेकाले खानेपानी पुग्दैन । भुल्केको योजना चल्दा १२ देखि १५ हजारको जनसंख्या थियो । पछिल्ला वर्षमा नगरको बजार क्षेत्रमा मात्र ३० हजार जनसंख्या छ । २०६८ सालामा १७७६ उपभोक्ता रहेको तानसेनमा अहिले ४१७४ पुगेका छन् ।

खानेपानीका लागि ठूला स्रोत थपिएको छैन । माग भने बढेको बढ्यै छ । खानेपानीको उपभोग गर्ने बानी बढ्यो । तानसेनमा ९५ प्रतिशत पानी मेशिनले तानेर माथि ल्याउनुपर्छ । बिजुली समस्याले पनि हैरानी खेप्नु परेको उपभोक्ता समितिका कोषाध्यक्ष कार्कीले बताए । बिजुलीको बिल २० देखि २२ लाख आउने गर्छ । ३९ जना कर्मचारीका लागि तलब खर्च पनि छ । पानीका ट्यांकर बोकेका ट्रयाक्टर तानसेन बजारमा व्यस्त छन् । कालीगण्डकीको पानी तानसेन फालेको छ । नदीको पानी एक किलोमिटर ७४ मिटर उचाइमा भएकाले पा“च पटक मेशिन चलाउनु परेको छ । २०७१÷७२ को बजेटमा खानेपानीका स्रोत सुक्दै गएकाले खानेपानी प्रणालीमा प्रयोग हुने विजुलीमा डिमान्ड चार्ज नलाग्ने ब्यवस्था मिलाएकाले सहज भएको छ ।

आफ्नो म्याद आफै थप्दै अवैधानिक बनेको तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तानसेन नगरपालिकाले तदर्थ समिति गठन गरेको तानसेन नगरपालिकाले जनाएको छ । तदर्थ समितिको अध्यक्षमा तानसेन नगरपालिका–२ का मोहन प्रसाद श्रेष्ठ चयन भएका छन् । तानसेनका खानेपानी उपभोक्ताहरूको भेलाबाट निर्णय भएअनुसार तदर्थ समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले तानसेनका उपभोक्ताहरूको भेलाबाट भएको निर्णय अनुसार नगर कार्यपालिकाको बैठकले श्रेष्ठको संयोजकत्मा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा तानसेन नगरपालिका–२ का राधेश्याम ज्ञवाली, सन्तोषकुमार नेपाल, तानसेन नगरपालिका–३ की दुर्गादेवी भट्टराई र लालमने अधै पुन तानसेन नगरपालिका–५, का महेन्द्र बहादुर खाती क्षेत्री, र तानसेन नगरपालिका–४ की दिल कुमारी शर्मा रहेको प्रवक्ता कार्कीले जानकारी दिए । असार १३ गते तानसेनमा सम्पन्न उपभोक्ताहरुको भेलाले पूरानो समिति विघटन गरी नगरपालिकालाई जिम्मेवारी दिएको थियो । समितिको म्याद सकिएको तीन वर्ष पुग्दा पनि बैधानिक रुपमा पुर्नगठन हुन सकेको थिएन । तानसेनका खानेपानी उपभोक्ता समितिको कम चासोकै कारण तानसेनमा सधै पानी समस्या हुँदै आएको छ । हिउँदमा कम्तीमा ७ देखि १२ दिनमा र वर्षा याममा कम्तीमा ४ देखि ७ दिनमा एक घण्टा धारामा पानी दिने गरेको छ ।
समितिले नयाँ बिधान तयार गरी ६ महिनाभित्र खानेपानी उपभोक्ता समितिको निर्वाचन गराउने जिम्मेवारी पाएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । विद्यान नियमित बनाउने, नयाँ उपभोक्ता समिति निर्वाचित गर्नेछ । अव्यवस्थित रहेको खानेपानी व्यवस्थापनलाई व्यवस्थित बनाउने जिम्मेवारी तोकिएको छ ।

तानसेनमा खानेपानी वितरण नियमित रूपमा भैरहने हाे वा वर्षाकाे समयमा मात्र नियमित भएकाे भन्नेमा उपभाेक्ता भने दुविधामा रहेका छन् । यस्ताे समयमा नयाँ तदर्थ समितिले वितरण प्रणालीमा सुधार गरि नियमित र भरपर्दाे समय तालिका सहित उपभाेक्तालाइ पानी वितरण गर्नुपर्ने सुझाव समेत उपभाेक्ताले दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय