latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि बिक्री प्रबन्धकको आवेदन माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारीका लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभूतकर्ता जुटाउने प्रतिबद्धता र आवश्यक सेवा शुल्क निर्धारण गरेको हुनुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । उक्त कम्पनीको बिक्री प्रबन्धक हुन योग्य कम्पनी र संस्थाहरुले ४५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फारम कम्पनीको उद्योगस्थित कार्यालय वा शाखा कार्यालयहरुबाट लिन सकिने छ । यस्तै शीलबन्दी फारमसँगै प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड कम्पनीको सनराइज बैंक तिनकुने शाखाको चल्ती खाता नम्बर ००६११८८९७९७०१००१ मा ३ हजार रुपैयाँ जम्मा गरेको बैंक भौचर आवेदन फारमसँगै पेश गर्नु पर्नेछ । जेठ २०७५ मा स्थापना कम्पनीको अधिकृत पूँजी २ अर्ब ५ करोड, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १०२ करोड रहेको छ ।

सार्वजनिक निष्कासन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ । जसमध्ये २० लाख कित्ता सेयर प्रभु ग्रुपका प्रभु होल्डिङ, प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड र हाइड्रो होल्डिङ्स, कम्पनीका कर्मचारीका लागि छुट्याउने कम्पनीले जनाएको छ । यस्तै २० लाख कित्ता नै उद्योग प्रभावित जिल्लावासीका लागि र ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय