latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन १
रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समिति तानसेन पाल्पाको अध्यक्षमा अशोक कुमार महर्जन चयन भएका छन् । गुठी संस्थानले सोमबार मालपोत कार्यालय पाल्पालाई पत्र लेख्दै काम, कर्तव्य र अधिकार तोकेको हो ।

तानसेन नगरपालिका वडा नं. ३ मा रहेको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समिति गठन गर्न गत असार २० गते तानसेनमा बसेको सर्वपक्षिय भेलाले संस्थानलाई समिति गठनका लागि पत्राचार गरेको थियो । समितिको सदस्य सचिवमा प्रकाशनाथ गंगोल, सदस्यहरुमा तुमला बज्राचार्य, रिता कक्षपति, पुरन महर्जन, राजीव श्रेष्ठ, सुरेश लिगल, महेशलाल शाक्य र सोभित प्रधान रहेका छन् ।

राजगुठीको समुचित सञ्चालन र व्यवस्थापन गर्ने कानूनी उत्तरदायित्व अनुसार काम गर्न तथा परम्परादेखीको साँस्कृतिक कार्य गर्ने अधिकार गुठी व्यवस्थापन समितिलाई दिईएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय