latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, असार २७
नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको २१ औं साधारण सभा तथा सातौ अधिवेशन तानसेनमा सम्पन्न भएको छ ।
अधिवेशनले सुशिलराज शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । जसको कोषाध्यक्षमा माधव प्रसाद अर्याल रहेका छन् भने महिला सदस्यमा रोजिता श्रेष्ठ, सुमिता श्रेष्ठ, यौनिक कल्पसंख्यकबाट भक्तराज खनाल, विज्ञ सदस्यहरु लक्षिमा ज्ञवाली घिमिरे, कमल बस्याल, सुर्यबहादुर कार्की, युवा सदस्यमा वर्षा पाण्डेय, सृष्टि कंवर, आदित्य पोखरेल निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले सपथ गराउनुभयो भने निवर्तमान अध्यक्ष सुधिरप्रसाद श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुशिलराज शाक्यलाई पदबहाली गराउनुभयो । यसअघि भएको साधारणसभामा बोल्दै सभापति सुधीरप्रसाद श्रेष्ठले शाखाबाट सन् २०२१ का वार्षिक कार्यक्रमहरु परिवार नियोजन साधन वितरण तथा परामर्श सेवा, सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला सेवाका कार्य भएको बताउनुभयो ।
स्वेच्छिक परामर्श तथा परीक्षण सेवा (निशुल्क एच.आई.भी. परीक्षण सेवा ) का साथै २४सै घण्टा एम्बुलेन्स सेवा लाई निरन्तरता प्रदान गरिएको उहाँले बताउनुभयो । नेपाल परिवार नियोजन संघले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि नयाँ अवधारणाको विकास तथा विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेका स्वास्थ्य सेवा र सूचनाको पैरवी गर्ने कार्यलाई सधै अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सागर मान महर्जनले सरकारको स्वास्थ्य सेवामा समपूरकको भूमिका निर्वाह गर्दै आइरहेको र दिगो विकास लक्ष्यले अपेक्षा गरेका लक्ष्य हासिल गर्नमा आईपिपिएफको ४ वटा तत्कालिन उपलब्धि हासिल गर्ने लक्ष्य अनुसार काम गरेको पाइएको बताउनुभयो । सामाजिक समावेशिकरण, विविधता, उत्सुकता, स्वयमसेवी भावना र जवाफदेहीतालाई अंगिकार गरी कार्यक्रमहरु सञ्चालन गरेको उहाँले बताउनुभयो । शाखा सल्लाहकार चित्रवली राम सुवाल, नेपाल नेत्र ज्योति संघ पाल्पा शाखाका सभापति वुद्धीप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला कोषाध्यष मुक्तिप्रसाद न्यौपानेले परिवार नियोजन संघको सेवामुलक भावनाले प्रेरित गरेको बताउनुभयो । कार्य समिति सदस्य माधव प्रसाद अर्यालले कोषाध्यक्षको प्रतिबेदन र शाखाको वार्षिक प्रगति प्रतिवेदन सचिव शुशिल राज शाक्यले पेश गर्नुभएको थियो ।
निवर्तमान कार्य समितिका सल्लाहकार चित्रवली राम सुवाल, उपससभापति ज्योति राजभण्डारी, कोषाध्यक्ष कोपिला कार्की, सदस्य शारदा थापा क्षेत्रलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाखा प्रबन्धक सोवाकान्त न्यौपानेलाई उत्कृष्ट कर्मचारीका साथै स्वेच्छिक अवकाश कर्मचारीहरु लेखापाल सोमबहादुर आले, प्रमोटर यामबहादुर कार्की, ल्याब टेक्निसियन महेन्द्र पृथी, कार्यालय सहयोगी गीरबहादुर सिंजालीलाई दीर्घ सेवा सम्मान पत्र सहित सम्मानित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय