latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ असार
रामपुर नगरपालिकामा संचालन भएको रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको प्रगति समीक्षा, सामाजिक परिक्षण तथा परियोजनाको समापन र हस्तान्तरण कार्यक्रम भएको छ ।  रामपुर नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सहजिकरणमा परियोजना संचालन भएको हो ।

परियोजनाले रामपुर नगरपालिका भित्र गरेका विभिन्न कार्यक्रमको आज जानकारी दिइएको छ । रामपुर नगरपालिकामा २७ महिनासम्म संचालन भएको रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाले सुरु देखि गरेको कामका बारेमा संयोजक सन्जु परियारले सहजिकरण गर्नुभएको हो । कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख थापाले नगरपालिकाले परियोजना संचालनमा आएपछि समुहमार्फत केही गर्छु भन्ने आशा र ईच्छा बोकेका नागरिकलाई सहयोग गरिएको बताउनुभयो ।

अनुदान देखिने र समाजमा पहिचान दिने गरी कार्यान्वयन गरेर काम गरियो भने यसले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुहुदै नगर प्रमुख थापाले यस परियोजनाबाट धेरै स्थानीय लाभान्वित भएको बताउनुभएको छ ।  कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले परियोजना अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा नगरपालिकाले छलफल गर्ने बताउनुभएको छ । परियोजना रामपुरमा संचालनमा आएपछि व्यावसायिक बाख्रापालनमा लागेको र समुहमा आबद्ध महिलाहरुको क्षमता विकास, नेतृत्व विकास भएको उपप्रमुख थापा बताउनुहुन्छ  । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले यस कार्यक्रमको निरन्तरता आवश्यक रहेको हुदा आगामि दिनमा कार्यक्रमका क्रियाकलाप, संचालन कसरी गर्ने यश विषयमा योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।  परियोजनाले गरेका कामको सीताकुण्ड मिडिया प्रालीले परियोजनाले गरेका कामको उपलब्धिका बारेमा अनुगमन गरी प्रतीवेदन सार्वजनिक गरेको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । सहभागीलाई बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले परियोजनाका गतिविधिबारे जानकारी दिनुहुदै स्वागत गर्नुभएको छ । सीताकुण्ड मिडिया प्रालीका अध्यक्ष दुर्गेश मल्लले परियोजनाका गतिविधि प्रतीवेदन प्रस्तुत गर्नुहुदै समुहलाई थप तालिम, बाख्राको खोर निर्माण थप सहयोग, सबै समुहका सदस्यलाई बाख्रा वितरण गर्नुपर्ने लगायतका राय सुझाव दिनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास संयोजक तथा कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतम, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, पशु शाखा प्रमुख तुल्सिराम काफ्ले लगायतले आफ्ना भनाइ राख्नुभएको छ । कार्यक्रमको संचालन परियोजनाका रामपुर संयोजक सन्जु परियारले गर्नुभएको हो । रामपुरमा विसं २०७८ वैशाख ३० गते सम्झौता भई कार्यक्रम संचालन गरिएको हो । रामपुर नगरपालिकाको ७५% र हेफर प्रोजेक्ट नेपालको २५% रकम साझेदारीमा संचालन भई कार्यक्रम अवधिभर ४२१ माउ बाख्रा, ५७ वटा बोका, घासको बीउ, जुकामाटेको औषधि वितरण तथा विभिन्न तालिम मुल समूह, उपहार समुह र युवा समुहलाइ प्रदान  गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय