latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार २२

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका १ पिप्ले स्थित घरबाट उपचारका लागी लुम्बिनी मेडिकल कलेज, प्रभास लाने क्रममा बाटोमै मृत्यु भएकाे बताइएकाे छ ।

शुक्रवार बेलुकी ६ः१५ बजे हृदयघाट भई उनलाइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकाे र ६ः४५ बजे उनलाइ मृत्यु घाेषणा गरिएकाे अाफन्तजनले बताएका छन् । मृतक पाण्डेको शव लुम्बिनी मेडिकल कलेज, प्रभासमा राखिएको छ । ५२ वर्षिय पाण्डेको २६ वर्षिय माहिलो छोराको पनि गत वर्ष हृदयघाट बाटै मृत्यु भएकाे थियो । मृतक पाण्डेका २ छोरा र श्रीमती छन् ।

पूर्व एमाले पाल्पाको उपसचिव रहनुभएका मृतक पाण्डे पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुन् । उनी गत वर्ष सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा वगनासकाली गाउँपालिका उपाध्यक्षमा उपविजयी भएका नेता हुन् ।

उनकाे शव शुक्रबार राती नै लुम्बिनी मेडिकल कलेजबाट घरमा लैजाने तयारी गरिएकाे छ भने शनिबार बिहान राम्दीमा अन्त्येष्टीका लागि लैजाने परिवारिक स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय