latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

रिब्दीकोट गाउँपालिका–१ ख्याहामा दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। यस्तै हल गोरु पाल्दै आएका किसानलाई वार्षिक २ हजार ५०० भत्ता दिइने छ। खेतबारी जोत्नका लागि आफैँले पाल्ने गरी हल गोरु किन्ने किसानलाई नगद ५ हजार भत्ता दिइने भएकाे हाे ।

तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई नगद ५ हजार भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। आगामी आर्थिक वर्षदेखि लागू हुने गरि वडामा जनसंख्या वृद्धि गर्नका लागि पनि यो नीति लिएको वडाध्यक्ष पाेखरेलले बताए। २ भन्दामाथि जतिजना सन्तान जन्माए पनि जन्म दर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ। जन्म दर्तासँगै प्रोत्साहन भत्ता दिइनेछ।

गाउँमा जनसंख्या घट्दै गएको छ। काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। ‘नेपाल’ कृषि प्रधान देश भएको सरकारले नै भन्दै आएको छ। बजेट पनि कृषिमा नै बढी विनियोजन भएको अवस्था छ। तर कार्यान्वयन पक्ष उपलब्धिमूलक छैन। कृषि गर्ने मानिसको अभाव छ। खेतबारी बाँझिएका छन्। यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था दिनानुदिन सिर्जना हुँदै गएको छ। खानकै लागि परनिर्भर बन्न परिरहेको छ।

धेरै सन्तान जन्माए नै काम गर्ने जनशक्ति उत्पादन हुने उनले स्पष्ट पारे। अलिअलि उत्पादन भएको खेती जोगाउन पनि जंगली जनावर लखेट्ने मानिस गाउँमा नभएको उनी बताउँछन्। ‘गाउँमा जेष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्। जंगली जनावर घरभित्रै पसेर अन्नपात खोसेर लैजाने गरेका छन्। यसको रोकथामका लागि जन्मदर बढाउनुपर्छ। नत्र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुको कुनै अर्थ छैन्। आधुनिक प्रविधिको उपयोग गर्ने जनशक्ति छैनन्’ उनले भने,‘जनसंख्या बढेमा नजिकका विद्यालय सञ्चालनमा आउँछन्। बालबालिकाले अध्ययन गर्न पाउँछन्। खेतबारी हराभर हुन्छन्। गाउँबस्ती मानिसहरूले भरिन्छन्।

जंगली जनावरले खेती नष्ट गर्न पाउँदैनन्। सबै कुरामा व्यक्ति तथा परिवार आत्मनिर्भर बन्न सक्छन्। सरकारको आर्थिक उन्नतिमा टेवा पुग्छ।’ मुलुक धनी बन्छ। अन्य देशको भर पर्नु पर्दैन्। अनुत्पादक क्षेत्रमा भने अनुदान दिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

हल गोरु पाल्नेलाई पनि भत्ता

हल गोरु पाल्दै आएका किसानलाई वार्षिक २ हजार ५०० भत्ता दिइने छ। खेतबारी जोत्नका लागि आफैँले पाल्ने गरी हल गोरु किन्ने किसानलाई नगद ५ हजार भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

कृषिलाई बढवा दिन यो नीति लिएको उनले सुनाए। गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ। घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुने उनले बताए। गोरुको मलसमेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको वडाध्यक्ष पाेखरेल बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय