latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार १७
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार जनताको सरकार भएको बताउनुभएको छ । अनज तानसेन सदरमुकाम तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले सबै नागरिकको गुनासो सुनेर बजेट विनियोजन गरि विपन्न नागरिकलाई स्वरोजगार बनाउनेतर्फ आफ्नो नेतृत्वको सरकार लागी परेको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले प्रदेशको प्रमुख लक्ष्य समृद्धि हासिल गर्ने भएको हुँदा त्यसको लागी पूर्वाधार विकास र नागरिकको आर्थिक स्तर वृद्धिबाट नै सम्भब रहेको धारणा राख्नुभयो । आर्थिकम अवस्था कमजोर रहेको वर्गलाई आय–आर्जनमा जोडेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुख्यमन्त्री चौधरीले गरिब निमुखा जनताको आयस्तर कमजोर हुदा त् िबर्ग झन गरिबीबाट पिल्सिएको बताउनुभयो । त्यसैले प्रदेश सरकारले रोजगार दिने संस्था र व्यक्तिलाई सहयोग गर्नेगरी नीति तथा कार्यक्रम र बजेट बनेको बताउनुभयो । महिला, दलित तथा तल्लो तहसम्मको नागरिकको जीवनस्तरमा सुधार हुन नसक्दासम्म देशको विकास सम्भव नभएको बताउदै मुख्यमन्त्री चौधरीले आर्थिक विकास कार्यक्रम माफर्त स्थानीय तहसंगको समन्वयमा कार्य गर्ने उहाँले धारणा राख्नुभयो ।
पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गदै मुख्यमन्त्री चौधरीले आफ्नो नेतृत्वको सरकार मिडियामैत्री भएको बताउदै संचार क्षेत्रको विकासका लागि पत्रकार महासंघसंग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय