latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

बिहिबारदेखी अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ईच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

बिहीबार (हिजो) दिउँसो साढे १ बजे निरन्तर सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध छ। यहाँ हिजो बिहान साढे ९ बजे सुख्खा पहिरो खसेको थियो।

सो पहिरो साढे १० बजे हटाएपछि दुई तर्फी नै सवारी साधन गुड्न थालेका थिए। फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन्। दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

यता

सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको आर्यभन्ज्याङ राम्दी सडकखण्डमा पर्ने धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

गएरातीदेखि परेको अविरल वर्षाका कारण गेग्रेटोसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सडक सुचारु गर्ने प्रयास पहिरो झरिरहेका कारण सफल हुन सकेको छैन । राजमार्गमाथि कच्चि बाटो खनिएका कारण पहिरो गएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय