latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार ५

साहित्यकार चाेलेश्वर शर्माको सगरमाथा एक पहाडकाे नाम हाेइन हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहकाे लाेकापर्ण भएको छ । धवल पुस्तकालय पाल्पाको संयाेजनमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. गाेविन्दराज भट्टराईले कृति लाेपार्पण गर्नुभएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गाेविन्दराज भट्टराईले विसङ्गतिलाई उधिनेर लेख्ने क्षमता भएको स्रष्टाले लेखेकाे कृतिमा मानिसका आहारविहार र जीवनशैलीमा आएको आडम्बरप्रति सघन कटाक्ष गरिएको बताउनुभयाे । उहाँले विश्वव्यापीकरणले ल्याएको चुनाैतीप्रतिकाे चेतना शर्माका निबन्धमा व्यक्त भएको मर्म प्रस्तुत गर्नुभयो ।

तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले कृतिकार शर्माको पाल्पाको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुकिलाे पहिचान रहेको र साहित्यका क्षेत्रमा अझै याेगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । जिल्ला समन्वय पाल्पाका प्रमुख प्रमुख टंकनाथ खनालले चाेलेश्वर गुरुकाे महत्त्वपूर्ण कृति प्रकाशन भएकोमा बधाई व्यक्त गर्नुभयो । सबैजसाे निबन्धहरूमा सामाजिक सांसकृतिक क्षेत्रका विसङ्गतिमाथि प्राहर गरिएको विचार व्यक्त गर्नुभयो । संविधान सभा सदस्य नारायणी शर्माले समाजलाई महत्त्वपूर्ण कृति प्रकाशन गरेकोमा लेखकलाई हार्दिक बधाई व्यक्त गर्नुभयो ।

कृतिकार चाेलेश्वर शर्माको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै डा. टंक पन्थले र साहित्यकार तथा समीक्षक दीन पन्थीले पहिलो कृतिको समीक्षा २०५७ सालमा लेखेको र अहिले दाेस्राे कृतिको समीक्षा गर्दै हास्यकाे सम्बन्ध रससँग र व्यङ्ग्यकाे सम्बन्ध अर्थसँग रहेको बताउनुभयाे । विकृतिमाथिकाे तिखो व्यङ्ग्य निबन्धकाे सार पक्ष रहेको कुरा उहाँले व्यक्त गर्नुभयो ।

साहित्यकार वनमाली निराकार पुस्तककाे बाह्य र आन्तरिक पक्षलाई प्रकाश पार्ने काम गर्नुभयो । मुखपृष्ठमा हास्यव्यङ्ग निबन्धसङ्ग्रह नराख्दा राम्रो हुने विचारउहाँले व्यक्त गर्नुभयो । निबन्ध पढ्दै जाँदा हामी स्वयं व्यङ्ग्यकाे पात्र बनेकाे अनुभूति हुने विचार व्यक्त गर्नुभयो । केन्द्रले माेफसलकाे प्रतिभालाई मारेको बिम्ब यी निबन्धमा व्यक्त भएको यथार्थलाई उहाँले प्रस्तुत गर्नुभयो । साहित्यका क्षेत्रमा भएका विकृतिको मार्मिक यथार्थलाई चाेलेश्वर शर्माले उजागर गरेकाे कुरा उहाँले व्यक गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले चाेलेश्वर शर्माको शैक्षिक, प्रशानिक तथा साहित्यिक व्यक्तित्वको प्रकाश पार्नुभयाे ।

कृतिकार चाेलेश्वर शर्माले आफ्नाे जागिरे जीवन तथा सिर्जनाकाे अवस्थालाई पनि उल्लेख गर्दै साहित्यप्रतिकाे दृष्टिकाेणप्रतिकाे मान्यतालाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गर्नुभयो । २०३४ सालदेखि २०७९ सालसम्मकाे साधनाकाे पक्षलाई समेत उहाँले प्रस्तुत गर्नुभयो । कार्यक्रम अध्यक्ष युवराज पाैड्यालकाे अध्यक्षता सन्तोष खनालकाे स्वागत र राजेशकुमार अर्यालकाे सञ्चालनमा भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय