latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३२ जेठ
रामपुर नगरपालिकालाई पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । रामपुरलाई घोषणा गरेसंगै जिल्लाका दशवटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल रहनुभएको । समन्वय प्रमुख खनालले भौतिक निर्माणलाई मात्रै विकास भनिन्छ तर शिक्षा स्वास्थ्य जस्तो संवेदनशील कुरा कम प्राथमिकतामा परिरहेका हुदा शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि केही समय प्रतीफल लिन समय लाग्ने हुदा यस क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । सर्ने रोगभन्दा नसर्ने रोग धेरै बढ्दै गएको हुदा स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा समन्वय समिति प्रमुख खनालले बताउनुभयो ।
रामपुर नगर प्रमुख रमणबहादुर थापाले दिर्घकालिन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै नगरपालिकाले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले उपचारको उत्तम उपाय विश्वास, बोली, व्यवहार भएको भन्दै नगरभित्रका स्वस्थ्यकर्मीहरुलाई यसमा विषेश ध्यान दिन आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्रकुमार गिरिले नगरपालिकालाई पुर्णखोप सुनिश्चितता घोषणा प्रमाणपत्र प्रदान गर्नुभएको छ । उहाँले खोप पूर्ण रुपमा निशुल्क हुँदा हुँदैपनि नेपालमा विविध कारणले चार प्रतिशत बच्चाले पूर्ण मात्राबाट वञ्चित हुने गरेको बताउनुभयो । यसका लागि सबै सरोकारवालाहरु जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले संविधानबाट नै निर्देशित कार्यक्रम अनुसार खोपको कार्य भइरहेको हुदा रामपुर र निस्दीमा घोषण भएसंगै जिल्लाका दशवटै पालिका पूर्णखोप सुनिश्चित भएको जानकारी गराउनुभयो ।
पाल्पाका क्षय तथा कुष्ठ रोग निरिक्षक विश्वनाथ न्यौपानेले जनताको अनुभुति हुने गरी स्वास्थ्य क्षेत्रमा रकम विनियोजन गर्न अनुरोध गर्नुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँण, जनविकास माविका प्रधानाध्यापक पशुपति खनाल लगायतले आफ्ना भनाई राख्नुभएको छ ।
रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले स्वागत गर्नुहुदै पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रमबारे जानकारी दिनुभएको छ । स्वास्थ्य शाखा प्रमुख घिमिरेले रामपुरमा पाँच जना बालबालिकाले खोपको पूर्ण मात्रा नलगाएको बताउनुभयो । जसमध्ये तीन जना धार्मिक कारण देखाउँदै खोपको पहुँचमा नआएको, दुई जना बालबालिका रामपुरमा आंशिक बसाई रहेकाले खोपबाट वन्चित भएको पाइएको छ । गत जेठ २९ सम्ममा रामपुरमा १५ महिना सम्मका ५८९ र १६ महिना देखि २३ महिना सम्मका ४३० बालबालिकालाई खोप प्रदान गरिएको छ । कार्यक्रम संचालन गाडाँकोट स्वास्थ्य शाखा प्रमुख मजबुर रहमान शेखले गर्नुभएको हो । विसं २०७० साल फागुन १३ गते पाल्पा जिल्लालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । अझैपनि केही अभिभावकहरुमा आफ्ना बालबालिकालाई नियमित खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास हुन सकेको छैन । अभिभावकले बालबालिकालाई खोप नियमित लगाउन त्यती महत्व नदिएको हुदा स्वास्थ्यकर्मी आफैले अभिभावकलाई फोन गरेर बोलाउनुपर्ने परिस्थिती रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय