latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल

पाल्पा, जेठ २५

पाल्पा जिल्ला अस्पतालले अस्पतालको स्वास्थ्य गुणस्तर वृद्धि गर्नकालागी बिहीवार पत्रकारहरुसंग छलफल गरेको छ । छलफल कार्यक्रममा अस्पतालका अध्यक्ष गुराँस आत्रेयले पाल्पा अस्पताललाई रेफर अस्पताल भन्दा उपचार गर्ने अस्पताल बनाउन नयाँ समिती लागि परेको बताउनुभयो ।

उहाँले डाक्टर अभाब, तथा दरबन्दी अनुसार डाक्टर र कर्मचारी नहुदा समस्या आएको धारणा राख्नुभयो । अध्यक्ष आत्रेयले अस्पतालको भवन निर्माणका लागि जग्गा अभाब रहेकाले सरोकारवालाहरु संग जग्गा प्राप्तिका लागि निरन्तर सम्बाद भाइरहेको र छिट्टै जग्गा उपलब्ध हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले औसधिका लागि मात्र रेफर लिन पर्ने बाध्यता अन्त्य गर्ने प्रयास भइरहेको बताउनुभयो । अस्पतालले बाहिर भन्दा किन्नु पर्ने औसधिमा १०% सस्तोमा उपलब्ध गराउने जनाएको छ ।

पाल्पा अस्पतालको अक्सिजन प्लाटबाट उत्पादन हुने अक्सिजनले जिल्ला भरीलाई अक्सिजन पुग्ने हुनाले जिल्लाका अन्य स्वास्थ्य संस्थालाई समेत बिक्री गर्ने गरि तयारी भएको अध्यक्ष आत्रेयले बताउनुभयो । अस्पतालको आम्दानीको मुख्य श्रोत स्वास्थ्य बिमा रहेको र बिमालालाई अझ ब्यबस्थापकिय ढंगबाट अगाडि बढाउने अस्पतालले जनाएको छ । अध्यक्ष आत्रेयले आफ्नो कार्यकालमा माइनर भएपनी शल्यक्रिया सेवा शुरु गर्ने योजना रहेको बताउनुभयो ।

पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारीले दरबन्दी अनुसार कर्मचारी नभएकोले सेवा प्रबाहमा समस्या आएको बताउनुभयो । उहाले हाल अस्पतालले २४ घन्टे ईमर्जेन्सी,फार्मेसी,प्रयोगशाला लगायतका सेवा प्रदान गर्दै आएको बताउनुभयो । पाल्पा अस्पतालले पछिल्लो १० महीनामा झन्डै ७० हजारलाई सेवा दिएको  दैनिक २३० जनाले सेबा लिने गरेको तथ्यांक सार्बजनिक गरेको छ । १० महीनामा ३६९ जना भर्ना भएको र दैनिक ८ जना बिरामी इमर्जेन्सीमा आउने गरेका छ्न ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले अस्पतालको भैतिक संरचना बलियो हुनुपर्ने बताउनुभयो । उहाँले पालिकामा स्वास्थ्यको राम्रो भौतिक अबस्था हुदा जिल्ला अस्पतालको भौतिक प्रगति हुन नसक्नु दु:खद रहेको धारणा राख्नुभयो । पाल्पा अस्पतालले दिने सेवा प्रभाहका बिषयमा प्रचार प्रसार हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रम अस्पतालका अध्यक्ष गुराँस आत्रेयको अध्यक्षता र सुशील ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय