latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३
सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ २१
स्वस्थकर जिवनशैलि प्रवर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम रामपुरमा सुरु भएको छ । पाल्पा अायुर्वेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाको अायाेजनामा कार्यक्रम भएको हाे । स्वास्थ्य केन्द्र पाल्पाका निमित्त प्रमुख जीवन बस्यालकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यपालिका सदस्य माया नेपाली रहनु भएको हाे ।
कार्यपालिका सदस्य नेपालीले याे कार्यक्रम अति अावश्यक रहेको हुदा रामपुरमा कार्यक्रम संचालन गरेकोमा अायाेजकलाई धन्यवाद दिनुहुदै भान्छा सुधार र सरसफाइ, स्वास्थवर्दक खानाले शरिरलाई हित गर्ने हुदा यसमा ध्यान दिन सहभागीलाई अनुराेध गर्नुभएको छ । कार्यक्रममा भान्छा सुधार, खाना खाने समय, खानाकाे मात्रा, पाैष्टिक खाना लगायत दैनिक अाहारका विषयमा सहभागीलाई जानकारी दिइएको छ ।
रामपुर अायुर्वेद अस्पतालकाे सभाहलमा कार्यक्रम भएको हाे । शनिबार र अाइतवारसम्म चल्ने कार्यक्रमकाे सहजिकरण अायुर्वेद पाल्पा अस्पतालका निमित्त प्रमुख जीवन बस्याल, वैध निरिक्षक यज्ञप्रसाद गैरे, भान्सा सुधार कार्यक्रम संयाेजक सरिता केसि, रामपुर नगरपालिका स्वास्थ्य शाखा संयाेजक गिरिराज घिमिरे, रामपुर अायुर्वेद शाखा प्रमुख चेमनप्रकाश पाेखरेल लगायतले गर्नुभएको छ । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य अामा समूह लगायतको सहभागीता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय