latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ८० पुगेकाे छ । यस्तै ९ सय जति घाइते भएकाे अनुमान गरिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएकाे हाे । बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेकाे शालीमार-चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी डब्बा छेउकै ट्र्याकमा गइरहेकाे हावड़ा एक्सप्रेस ट्रेन सँग ठाेक्किन पुगे । त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए । बहनागा बजार स्टेशनमा ४ वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी राेकेर राखेकाे थियाे । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठाेक्किएकाे भारतीय रेल्वेका वरिष्ठ अधिकारीकाे भनाइलाई उद्धृत गर्दै इण्डियन एक्स्प्रेसले लेखेकाे छ ।

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र माेदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने घाेषणा गर्नुभएकाे छ । अहिले प्रधानमन्त्री माेदी घटनास्थलतर्फ गइरहनुभएकाे छ ।

दुर्घटनामा घाइते भएकाहरुकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय