latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ८० पुगेकाे छ । यस्तै ९ सय जति घाइते भएकाे अनुमान गरिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएकाे हाे । बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेकाे शालीमार-चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी डब्बा छेउकै ट्र्याकमा गइरहेकाे हावड़ा एक्सप्रेस ट्रेन सँग ठाेक्किन पुगे । त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए । बहनागा बजार स्टेशनमा ४ वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी राेकेर राखेकाे थियाे । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठाेक्किएकाे भारतीय रेल्वेका वरिष्ठ अधिकारीकाे भनाइलाई उद्धृत गर्दै इण्डियन एक्स्प्रेसले लेखेकाे छ ।

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र माेदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने घाेषणा गर्नुभएकाे छ । अहिले प्रधानमन्त्री माेदी घटनास्थलतर्फ गइरहनुभएकाे छ ।

दुर्घटनामा घाइते भएकाहरुकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय