latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बुटवलमा राेजगार मेला सुरु भएकाे छ । नेपाल उद्याेग वाणिज्य महासंघ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएकाे हाे ।
मेलाकाे नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयाे ।
नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य, उद्याेग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाकाे सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेकाे बताउनु भयाे । यहाका उद्याेगमा कामकाे लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियाे भने उद्याेगी व्यवसायीलाई पनि सहज हुने भनाई राख्नु भयाे ।

समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाकाे सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेकाे बताउनु भयाे । यहाका उद्याेगमा कामकाे लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियाे भने उद्याेगी व्यवसायीलाई पनि सहज हुने भनाई राख्नु भयाे ।
इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्राेजेक्ट काेर्डिनेटर साैरभराम जाेशीले आन्तरिक राेजगारीमा प्रवर्धन गर्नकाे लागि मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयाे । सीप, श्रम र राेजगारी सबैकाे अधिकार भएकाे उहाँकाे भनाई छ ।
बुटवल उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ शिक्षाकाे लागि विदेश जानेहरुका कारण जनशक्तिसंगै पुँजी पनि पलायन भईरहेकाे बताउनु भयाे । उहाले याे क्रम राेकिएन भने नेपालकाे उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिती आउने भनाई राख्नु भयाे ।
उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले राेजगार मेला गरिएकाे हाे । महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिएकाे संघका महासचिव विमलराज भट्टराईले बताउनु भयाे । मेलामा यस क्षेत्रका २९ वटा उद्याेग प्रतिष्ठान सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय