latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

बुटवलमा राेजगार मेला सुरु भएकाे छ । नेपाल उद्याेग वाणिज्य महासंघ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएकाे हाे ।
मेलाकाे नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयाे ।
नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य, उद्याेग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाकाे सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेकाे बताउनु भयाे । यहाका उद्याेगमा कामकाे लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियाे भने उद्याेगी व्यवसायीलाई पनि सहज हुने भनाई राख्नु भयाे ।

समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाकाे सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेकाे बताउनु भयाे । यहाका उद्याेगमा कामकाे लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियाे भने उद्याेगी व्यवसायीलाई पनि सहज हुने भनाई राख्नु भयाे ।
इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्राेजेक्ट काेर्डिनेटर साैरभराम जाेशीले आन्तरिक राेजगारीमा प्रवर्धन गर्नकाे लागि मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयाे । सीप, श्रम र राेजगारी सबैकाे अधिकार भएकाे उहाँकाे भनाई छ ।
बुटवल उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ शिक्षाकाे लागि विदेश जानेहरुका कारण जनशक्तिसंगै पुँजी पनि पलायन भईरहेकाे बताउनु भयाे । उहाले याे क्रम राेकिएन भने नेपालकाे उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिती आउने भनाई राख्नु भयाे ।
उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले राेजगार मेला गरिएकाे हाे । महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिएकाे संघका महासचिव विमलराज भट्टराईले बताउनु भयाे । मेलामा यस क्षेत्रका २९ वटा उद्याेग प्रतिष्ठान सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय