latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा) २९ वैशाख

रामपुरमा नवनिर्मित पन्ध्र शैयाकाे आयुर्वेद तथा प्राकृतिक चिकित्सालयकाे शुभारम्भ तथा विशेषज्ञ अायुर्वेद स्वास्थ्य शिविर भएको छ ।

अस्पतालका अध्यक्ष तथा वडाध्यक्ष दुर्गाप्रसाद पाेखरेलकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले गर्नुभएको हाे ।

लुम्बिनी प्रदेश सभा सदस्य श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने उपकरणका लागि चिकित्सकसंग सल्लाह गरेर प्रदेश सरकार संग माग गर्ने बताउनुभएको छ । यश अस्पतालले रामपुरलाई मात्रै नभई कालिगण्डकिवेशिका नागरिकलाई ठुलाे राहत पुग्ने उहाले बताउनुभएको छ । स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाका प्रमुख पुष्पराज पाैडेलले विश्व समुदायले समेत प्रयोग गरेको अायुर्वेद चिकित्सालय उपचार प्रद्द्तीलाई नियमित उपचार गरि स्वस्थ रहन अनुराेध गर्नुभएको छ । नरदेवि आयुर्वेद चिकित्सालयका बरिस्ठ कन्सल्टेन्ट आयुर्वेद विशेषज्ञ बुद्दिप्रसाद पाैडेल, स्वास्थ्य निर्देशनालयका प्रतिनिधि गणेशप्रसाद सापकोटाले भवन निर्माण भयाे अब सेवा क्षेत्र फराकिलो बनाएर लैजानुपर्ने बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेय, राजनैतिक दलकाे तर्फबाट नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष दामोदर पाठक, ७ का वडाध्यक्ष दाेवराज तिवारी लगायतले आफ्ना भनाइ राख्नुभएको छ ।

जिल्ला आयुर्वेद अस्पताल पाल्पाका प्रमुख जीवन बस्यालकाे स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन वैध निरिक्षक यज्ञप्रसाद गैरेले गर्नुभएको हाे । कार्यक्रममा सहभागीलाई धन्यवाद रामपुर आयुर्वेद शाखा प्रमुख कविराज चेमनप्रकाश पाेखरेलले दिनुभएको हाे । आज शिविर समेत आयाेजना गरिएकाले सेवाग्राहीको चाप थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय