latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३
पाल्पा, २८ बैशाख
पाल्पाको रानीमहलमा बिहिबारबाट सुरु भएको राष्ट्रिय वीच भलिबल प्रतियोगितामा विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ ।
दुई खेलमा गण्डकी प्रदेश विजयी भयो भने सुदुरपश्चिम मैदानमा उपस्थित नभएपछि लुम्बिनी स्वतः  विजयी घोषित भएको छ । रानीमहल परिसरमा भएको भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराएको छ । यस्तै गण्डकी प्रदेशले पनि आयोजक पाल्पा भलिबल संघलाई सोझो सेटमा हराएको छ ।
त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशलाई २१–१५ र २१–११ को सेटमा पराजित गर्यो भने गण्डकीले आयोजकमाथि २१–११ र २१–१५ को सेटमा जित निकालेको छ । तेस्रो खेलमा सुदुरपश्चिम मैदानमा उपस्थिति हुन नसकेपछि लुम्बिनी प्रदेश स्वतः विजयी भएको छ । यस्तै चौथो खेलमा गण्डकी प्रदेशले बागमतीलाई सोझो सेटमा पराजित गरेको छ । गण्डकीले बागमतीमाथि २१–१६ र २१–१५ को सेटमा जित निकालेको छ ।सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा सुरु प्रतियोगितामा कोशी बाहेक ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन् । प्रतियोगिताको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले  उद्घाटन गर्दै रानीमहललाई वीच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता समेत जनाएका छन् ।
दुवै स्थानीय सरकार प्रमुखले प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लगानी गर्ने बताएका छने । वीच भलिबलमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय