रुपन्देहीको तिलोत्तमाका सिचाईँ नहरमा अतिक्रमण गरिएको भन्दै त्यसको संरक्षण तथा व्यवस्थापनमा जोड दिईएको छ । स्रोह–छत्तिर अन्तरगत छत्तिस मौजा सामुदायिक सिचाईँ प्रणालीको शनिबार भएको आम सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सिचाईँ प्रणालीको मुहान बुटवलको कन्याढुंगासम्मै नहर उकास (घोला) तथा नरह समेत अतिक्रमण भईरहेको बताएका हुन् ।

त्यसरी भएको अतिक्रमण हटाउन र व्यवस्थापन गर्नको लागि छत्तिस मौजा समिति, स्रोह–छत्तिर सिचाई समिति र स्थानीय तहले मिलेर काम गर्न समेत आग्रह गरिएको थियो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नहरमा भईरहेको अतिक्रमण हटाउने प्रतिवद्धता व्यक्त गर्दै समितिलाई कठोर निर्णय गर्न आग्रह गर्नुभयो । उहाँले अतिक्रमित जमिन खाली गराउन, त्यसको संरक्षण र व्यवस्थित गर्नको लागि समितिलाई सझाव सल्लाह सहित नगरपालिका आउन आग्रह गर्नुभयो ।

कृषि उत्पादनको लागि सिचाई अनिवार्य भएको र सिचाईँका लागि नरहको संरक्षण पनि आश्यक रहेको बताउँदै नगरपालिका नहरको अतिक्रमण हटाउने कुरामा सकारात्मक रहेको भनाई राख्नुभयो । ‘कृषिको विकास विना मुलुकको विकास हुन सक्दैन, सिचाईको लागि पानी भएन भने किसानको मुहारमा हाँसो पनि आउँदैन ।’ उहाँले भन्नुभयो–‘हामीलाई कृषिको विकास पनि चाहिएको छ, किसानको मुहारमा हाँसो पनि देख्न चाईरहेका छौं ।’

उहाँले तिलोत्तमा नगरपालिकालाई भौतिक पूर्वाधारको विकास शहरको जस्तो र सामाजिक विकास गाउँको जस्तो सद्भावनासंग जोड्न चाहेको पनि भनाई राख्नुभयो । उहाँले नगरपालिकामा हरियाली र सरसफाईलाई त्यहाँको नागरिकको जीवन पद्धतीसंग जोड्न चाहेको बताउँदै त्यसले मानिसको आयु पनि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उपप्रमुख जागेश्वरीदेवी चौधरीले ठूलो क्षेत्रफल जमिनमा सिचाई हुने स्रोह–छत्तिस सिद्धाई प्रणालीलाई दिगो र व्यवस्थित गर्न आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले आफूपनि त्यसैको एउटा उपभोक्ता भएको बताउँदै अतिक्रमण हटाउन र व्यवस्थित गर्ने कुरामा सहयोग रहने बताउँदै पानी वितरण प्रणालीलाई वैज्ञानिक बनाउन पनि सुझाव दिनुभयो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै छत्तिस मौजा सामुदायिक सिचाईँ प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्रोह–छत्तिस मौजा सामुदायिक सिचाईँ प्रणालीको मुहान बुटवलको लागि पनि तिनाउ नदि बरदान भएपनि समुचित उपयोग र संरक्षणमा ध्यान नदिँदा नदिको दोहन भईरहेको र सिचाई प्रणालीमै अफ्ठ्यारो हुने हो की भन्ने आफूहरुको चिन्ता रहेको भनाई राख्नुभयो । उहाँले सिचाई प्रणालीलाई जीवन्त राख्न र नियमित सिचाईका लागि सबैको साथ र सहयोग रहेको भनाई राख्नुभयो ।
त्यस अवसरमा जिल्ला जलस्रोत तथा सिचाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख विष्णुप्रसाद पौडेलले तिनाउ नदि गहिरिँदै जाँदा चार तपाहा र दानव सिचाई प्रणालीमा पानी चढ्न छोडिसकेको बताउँदै समयमै नदिमा बेडबाँध बाधेर नदिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यो वेलैया गरिएन भने ठूलो संकट आउने उहाँको भनाई छ ।

त्यस्तै सोह्र छत्तिस सिचाई प्रणालीका अध्यक्ष यज्ञ गैरेले नहर, कुला र घोला संरक्षण तथा व्यवस्थापनमा नगरपालिकाले कार्यक्रम बनाउन आग्रह आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकारहरु मोहनराज शर्मा, महादेव खनाल, पुर्वअध्यक्ष रुक्मागत पाण्डे लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव रुक्मागत पाण्डे रुकुको सञ्चालनमा भएको थियो । छत्तिस मौजा सामुदायिक सिचाईँ प्रणालीमा नयाँ नेतृत्व चयनका लागि सोमबार अधिवेशन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय