latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), १८ वैशाख

साेमवार १३४ अाै अन्तर्राष्ट्रिय मजदुर दिवस पाल्पाको रामपुरमा मनाइएको छ । पुर्वि पाल्पा मजदुर व्यवस्थापन समिति रामपुर पाल्पाको अायाेजनामा कार्यक्रम भएकाे हाे । समितिका अध्यक्ष निलकण्ठ भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गर्नु भएको हाे । नगर प्रमुख थापाले अाफुले गरेको कमाईबाट उद्देश्य पूरा भएको छ कि छैन साेच विचार गरेर काम गर्नुपर्ने बताउनुहुदै नगरपालिकाले श्रमिक एेन नीति नियम बनाउने तयारी गरेको बताउनुभएको छ । मजदुरकाे हकहितका लागि नगरपालिका भित्र एेन बनाएर काम गर्ने, मजदुरकाे सुरक्षाका लागि नगरले दुर्घटना बिमा कार्यक्रम ल्याएको बताउदै नगर प्रमुख थापाले मजदुरहरु सबै एक भएर संगठित हुनुपर्ने बताउनुभएको छ । समितिका उपाध्यक्ष सुमन खाम्चाकाे स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन सचिव जायश्वर पाण्डेले गर्नुभएको हाे । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले काम सानाे र ठुलो हुदैन, रामपुर क्षेत्रमा महिला मजदुरले रचनात्मक काम गरेर अगाडि बढेको बताउनुहुदै नगरपालिकाले राखेको नीति नियममा अाबद्द भएर काम गर्न सबैलाई अनुराेध गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्याैपानेले सन् १८८६ मे १ देखि मजदुरकाे हक अधिकार स्थापित भएको दिन, श्रमकाे सम्मान भएको दिन, मजदुरले काम नगरे जिविकाेपार्जन गर्न नसकिने बताउनुभएको छ । उहाले मजदुर व्यवस्थापन समितिमा अाबद्द पाच सय भन्दा बढी मजदुरकाे प्रतीव्यक्ति तीन लाख बराबरको बिमा नगरपालिकाले गरिएको र ताेकिएकाे पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायमा जानकारी गराउनुहुन आग्रह गर्नुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष कपिलबहादुर खाण, वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पाेखरेल, ७ का वडाध्यक्ष दाेवराज तिवारी, पत्रकार इमान सिं राना, निर्माण उपसमिति संयाेजक यमबहादुर सुनार लगायतले अाफ्ना भनाइ राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय