latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, वैशाख १८

बुद्द जयन्तीका अवसरमा पाल्पामा विविध कार्यक्रमकाे अायाेजना गरिएकाे छ । बैशाख १८ गतेदेखी विपश्यना ध्यान अभ्यास, सरसफाइ कार्यक्रम, अपांग असहायहरूलाई खाधान्न वितरण, अन्तर मावि स्तरीय हाजिरि जवाफ प्रतियोगिता सुरू गरिएकाे छ । बैशाख १९ गते धार्मिक कार्यक्रम, बुद्व पुजा, बैशाख २० गते १६ औँ भिक्षु बिमलानन्द महास्थविर स्मृति दिवस सहित धार्मिक कार्यक्रम, २१ धार्मिक कार्यक्रम, ऐतिहासिक फोटो प्रदर्शनी, १०८ दिप प्रज्वलन, बैशाख २२ गते प्रभात फेरि र बैशाख २३ गते दृष्टिविहिन विद्यार्थीहरूलाई जलपान तथा भोजन दान गरिने भएकाे हाे ।

चुडाकर्म ब्रतवन्ध संघ तानसेन पाल्पाले बुद्व जयन्ती मनाउन लागेकाे हाे । तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पाल्पामा रहेका ५ वटा बौद्व विहार आनन्द विहार, महाचौत्य विहार टक्सार, महाबोधी विहार लहरेपिपल, होलाङ्गदि बौद्व विहार र धर्म चक्र विहारमा बुद्व जयन्ती मनाउन लागिएकाे मूल समारोह समितिका सह संयोजक उत्पल कुमार बज्राचार्य जानकारी दिनुभयो ।

प्रत्येक बर्ष ५ वटा  विहारले बुद्व जयन्तीको अवसरमा आलोपालो कार्यक्रम गर्दै आएको बताउनुभयो । पाल्पामा जिल्लामा बौघा गुम्बा,चिर्तुङ्धारा गरि झण्डै २५ वटा शाखा विहारका अध्यक्षहरू सदस्य रहने गरि बुद्व जयन्ती मुल समारोह समिति गठन गरिएको बताउनुभयो ।

कार्यक्रममा बुद्व जयन्ती मुल समारोह समितिका संयोजक एवम चुडाकर्म ब्रतबन्ध संघ पाल्पाका अध्यक्ष बिरेन्द्र काजी शाक्यले पाल्पा जिल्लाको तानसेन नगरपालिका ऐतिहासिक नगरपालिका रहेको बताउनुभयो । ऐतिहासिक इतिहास बोकेको तानसेनमा अवस्थित नेवार समुदायले आफ्नो सस्कृतिसँग सम्बन्धि विभिन्न जात्रा,मेलाहरूको प्रदर्शनी तथा पुस्ता हस्तान्तरणलाई जोड दिदै आएको बताउनुभयो । सोही अनुरूप चुडाकर्म ब्रतबन्ध संघ तानसेन पाल्पाले बुद्व जयन्तीको अवसरमा सप्ताहाव्यापी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संघले बैशाख १० गते बुद्वको मुर्ति अनावरण कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय